अलपत्र पर्यो लिफ्ट सिँचाइ आयोजना
काठमाडौं । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो । आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन ।
विसं २०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम विसं २०७३ मङ्सिरमा सम्पन्न भएको जनाइएको छ । सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ ।
नेपाल सरकार र एसियाली विकास बैङ्क ९एडिबी०को संयुक्त लगानीमा सामुदायिक(सिँचाइ आयोजना सिआइपी) कञ्चनपुरअन्तर्गत रु ४४ लाख ६१ हजार नौ सय ७२ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजना निर्माण गरिएको हो जसमा लालपनिया लिफ्ट सिँचाइ उपआयोजना उपभोक्ता समितिमार्फत जनश्रमदानसहित रु पाँच लााख ६३ हजार आठ सय सातमा आयोजनाको यन्त्र राख्ने घर निर्माण गरिएको छ । आयोजनाका लागि जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका हुकुम चुनाराले केही क्षेत्रमा आयोजनाअन्तर्गत पाइपलाइन बिच्छयाइएको भए पनि मूल सडकमा पाइपलाइन बिच्छ्याउने काम नभएको बताए । भल्व राख्नका लागि अपूरा संरचना निर्माण गरिएको उनले उल्लेख गरे ।
“आयोजना निर्माण भएपछि खेतमा सिँचाइ गर्न पाइन्छ भनेर खुसी भएका थियौँ,” उनले भने, “आयोजनाका संरचना बनाउन जग्गा निःशुल्क दियौँ तर पानी खेतमा कहिल्यै पुगेन, अरूको पम्पसेटबाट रु तीन हजार खर्च गरेर गहुँबालीमा सिँचाइ गर्नुपरेको छ ।”
आयोजना निर्माणस्थल सुरक्षित गर्न भरपर्दो तटबन्धको काम नगरिँदा जग्गा कटान भइरहेको उनले बताए । आयोजना सञ्चालन नै नभएपछि चुनाराले आयोजनाको विद्युतीय मोटर लगायतका सामान जडान गरिएको घरभित्र पराल थन्क्याएका छन् । सिँचाइ उपआयोजना उपभोक्ता समितिका अध्यक्ष करन ऐरले उपभोक्ता समितिमार्फत मेसिन राख्ने घर निर्माण गर्ने जिम्मा दिएअनुसार निर्माण गरिएको बताए ।
“अन्य संरचना निर्माण तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का प्रक्रियामार्फत गरेको हो,” उनले भने, “ठेक्का सम्पन्न भएको पनि जानकारी नै पाएनौँ, निर्माण व्यवसायीले उक्त कार्यालयबाट कहिले पूरै भुक्तानी लिए त्यो पनि जानकारी पाएनौँ ।”
तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको जिल्ला प्राविधिक कार्यालय अन्यत्र गाभिएपछि सिँचाइ आयोजनाको काम कुन निकायले गर्ने भन्ने अन्यौलता भएको उनको भनाइ छ । “पाइपलाइन बिच्छ्याउने काममा ढिलो भयो,” उपभोक्ता समितिका सचिव तेजबहादुर सुनारले भन्नुभयो, “खोलामा पानी तान्न निर्माण व्यवसायीले बनाएको संरचनाभन्दा तल खोलाको सतह गएपछि पानी किसानको खेतसम्म पुग्न सकेन ।” मूल सडकमा पाइप बिच्छ्याउने र जोड्ने कामसमेत पूरा हुन नसकेको उनको भनाइ छ ।
आयोजनाको वेबसाइटमा राखिएको निर्माण कार्यको आर्थिक प्रगति १२७ दशमलव ८४ र भौतिक प्रगति सय प्रतिशत देखाइएको छ । दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना निर्माण थालिएको थियो । आयोजनाअन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने कार्य, विद्युत्को थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानको कार्यसँगै यन्त्र राख्ने घर निर्माण गरिएको छ ।
उपभोक्ता समितिका पदाधिकारीका अनुसार ठेक्का प्रक्रियामार्फत झन्डै एक हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन बिच्छ्याउने काम पनि गरिएको छ । स्थानीय उपभोक्ताले आयोजना सञ्चालनमा ल्याउनका लागि नगरपालिकालाई अनुरोध गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












