अलपत्र पर्यो लिफ्ट सिँचाइ आयोजना
काठमाडौं । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो । आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन ।
विसं २०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम विसं २०७३ मङ्सिरमा सम्पन्न भएको जनाइएको छ । सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ ।
नेपाल सरकार र एसियाली विकास बैङ्क ९एडिबी०को संयुक्त लगानीमा सामुदायिक(सिँचाइ आयोजना सिआइपी) कञ्चनपुरअन्तर्गत रु ४४ लाख ६१ हजार नौ सय ७२ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजना निर्माण गरिएको हो जसमा लालपनिया लिफ्ट सिँचाइ उपआयोजना उपभोक्ता समितिमार्फत जनश्रमदानसहित रु पाँच लााख ६३ हजार आठ सय सातमा आयोजनाको यन्त्र राख्ने घर निर्माण गरिएको छ । आयोजनाका लागि जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका हुकुम चुनाराले केही क्षेत्रमा आयोजनाअन्तर्गत पाइपलाइन बिच्छयाइएको भए पनि मूल सडकमा पाइपलाइन बिच्छ्याउने काम नभएको बताए । भल्व राख्नका लागि अपूरा संरचना निर्माण गरिएको उनले उल्लेख गरे ।
“आयोजना निर्माण भएपछि खेतमा सिँचाइ गर्न पाइन्छ भनेर खुसी भएका थियौँ,” उनले भने, “आयोजनाका संरचना बनाउन जग्गा निःशुल्क दियौँ तर पानी खेतमा कहिल्यै पुगेन, अरूको पम्पसेटबाट रु तीन हजार खर्च गरेर गहुँबालीमा सिँचाइ गर्नुपरेको छ ।”
आयोजना निर्माणस्थल सुरक्षित गर्न भरपर्दो तटबन्धको काम नगरिँदा जग्गा कटान भइरहेको उनले बताए । आयोजना सञ्चालन नै नभएपछि चुनाराले आयोजनाको विद्युतीय मोटर लगायतका सामान जडान गरिएको घरभित्र पराल थन्क्याएका छन् । सिँचाइ उपआयोजना उपभोक्ता समितिका अध्यक्ष करन ऐरले उपभोक्ता समितिमार्फत मेसिन राख्ने घर निर्माण गर्ने जिम्मा दिएअनुसार निर्माण गरिएको बताए ।
“अन्य संरचना निर्माण तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का प्रक्रियामार्फत गरेको हो,” उनले भने, “ठेक्का सम्पन्न भएको पनि जानकारी नै पाएनौँ, निर्माण व्यवसायीले उक्त कार्यालयबाट कहिले पूरै भुक्तानी लिए त्यो पनि जानकारी पाएनौँ ।”
तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको जिल्ला प्राविधिक कार्यालय अन्यत्र गाभिएपछि सिँचाइ आयोजनाको काम कुन निकायले गर्ने भन्ने अन्यौलता भएको उनको भनाइ छ । “पाइपलाइन बिच्छ्याउने काममा ढिलो भयो,” उपभोक्ता समितिका सचिव तेजबहादुर सुनारले भन्नुभयो, “खोलामा पानी तान्न निर्माण व्यवसायीले बनाएको संरचनाभन्दा तल खोलाको सतह गएपछि पानी किसानको खेतसम्म पुग्न सकेन ।” मूल सडकमा पाइप बिच्छ्याउने र जोड्ने कामसमेत पूरा हुन नसकेको उनको भनाइ छ ।
आयोजनाको वेबसाइटमा राखिएको निर्माण कार्यको आर्थिक प्रगति १२७ दशमलव ८४ र भौतिक प्रगति सय प्रतिशत देखाइएको छ । दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना निर्माण थालिएको थियो । आयोजनाअन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने कार्य, विद्युत्को थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानको कार्यसँगै यन्त्र राख्ने घर निर्माण गरिएको छ ।
उपभोक्ता समितिका पदाधिकारीका अनुसार ठेक्का प्रक्रियामार्फत झन्डै एक हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन बिच्छ्याउने काम पनि गरिएको छ । स्थानीय उपभोक्ताले आयोजना सञ्चालनमा ल्याउनका लागि नगरपालिकालाई अनुरोध गरेका छन् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












