कलेजो प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पताल आत्मनिर्भर
काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुने नेपालकाे पहिलाे अस्पताल बनेकाे छ।
पछिल्लो पटकको कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंंह भण्डारी सहितको टोलीले सफल प्रत्यारोपण गरेको छ। यस अघि भारतीय विशेषज्ञको टोली सहभागी हुने गरेको थियो।
डाभण्डारीका अनुसार नेपाली चिकित्सकहरूको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० बर्सिया श्रीमतीले कलेजो दिएकी थिइन्। प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो भएपछि बिहीबार डिस्चार्ज गर्न लागिएको हो। कलेजो दिएकी उनको श्रीमती भने १ं० दिन अघि नै डिस्चार्ज भएकी छिन्।
कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको बारेमा डा. भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। डा. भण्डारीले भने ‘यो हाम्रालागि ऐतिहासिक क्षण हो’ टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’
सन् २०१९ मा टिचिङ अस्पतालले कलेजो प्रत्यारोपण सुरु गरेकोमा पाँच वर्षपछि मात्र प्रत्यारोपणमा आत्मनिर्भर बनेको हो। कलेजो प्रत्यारोपण आफैमा जटिल उपचार भएकोले यस अघिका प्रत्यारोपणमा एक्लै प्रत्यारोपण नगरी अनुभवी भारतीय चिकित्सकको सहयोग लिने गरेको भण्डारीले बताए।
‘हामी मात्र हैन,अरू अस्पतालले पनि अहिलेसम्म भारतीय चिकित्सककै सहकार्यमा प्रत्यारोपण गरिरहनु भएको छ ’उनले भने। प्रत्यारोपणमा आत्मनिर्भर हुनुमा डा. भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरूको ठुलो साथ र सहयोग रहेको बताए।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












