कलेजो प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पताल आत्मनिर्भर
काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुने नेपालकाे पहिलाे अस्पताल बनेकाे छ।
पछिल्लो पटकको कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंंह भण्डारी सहितको टोलीले सफल प्रत्यारोपण गरेको छ। यस अघि भारतीय विशेषज्ञको टोली सहभागी हुने गरेको थियो।
डाभण्डारीका अनुसार नेपाली चिकित्सकहरूको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० बर्सिया श्रीमतीले कलेजो दिएकी थिइन्। प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो भएपछि बिहीबार डिस्चार्ज गर्न लागिएको हो। कलेजो दिएकी उनको श्रीमती भने १ं० दिन अघि नै डिस्चार्ज भएकी छिन्।
कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको बारेमा डा. भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। डा. भण्डारीले भने ‘यो हाम्रालागि ऐतिहासिक क्षण हो’ टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’
सन् २०१९ मा टिचिङ अस्पतालले कलेजो प्रत्यारोपण सुरु गरेकोमा पाँच वर्षपछि मात्र प्रत्यारोपणमा आत्मनिर्भर बनेको हो। कलेजो प्रत्यारोपण आफैमा जटिल उपचार भएकोले यस अघिका प्रत्यारोपणमा एक्लै प्रत्यारोपण नगरी अनुभवी भारतीय चिकित्सकको सहयोग लिने गरेको भण्डारीले बताए।
‘हामी मात्र हैन,अरू अस्पतालले पनि अहिलेसम्म भारतीय चिकित्सककै सहकार्यमा प्रत्यारोपण गरिरहनु भएको छ ’उनले भने। प्रत्यारोपणमा आत्मनिर्भर हुनुमा डा. भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरूको ठुलो साथ र सहयोग रहेको बताए।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











