सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छ : सांसद गङ्गा यादव [अन्तर्वार्ता]
काठमाडौं । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो। तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा राख्न पाउँदैनन्। ‘यो कुरा बोल्ने’ भनेर पार्टीबाट ह्वीप जारी हुन्छ। यसले गर्दा सांसदले पार्टीले भनेको भन्दा बाहिर बोल्न पाइँदैन।
सांसदलाई धेरै गाह्रो छ। यसमा यो वा त्यो पार्टी हैन। सबै राजनीतिक दलको अभ्यास यस्तै छ। आफ्ना सांसदलाई राम्रोसँग कुरा राख्न पर्याप्त समय पनि दिइँदैन। जनताले चुनेर जनप्रतिनिधिको हैसियमा सदनमा सांसदलाई पुर्याउँछन्। किनकी जनताको कुरा, आवश्यकता र समस्या सांसदले कुरा उठाउन् भन्ने उनीहरुको चाहना हुन्छ।
सांसदले स्वतन्त्र ढङ्गले मनको कुरा राख्न पाउनुपर्छ। त्यसमा पार्टीले बन्देज गर्नुहुँदैन। सदनमा कथम् आफ्नो कुरा राख्यो भने पार्टीले ‘यस्तो कुरा किन उठाउनुभयो, यो कुरा राम्रो भएन। दायाँ घुम बायाँ घुम’ पार्टीको नीतिअनुरुप दायाँबायाँ जान पाउँदैनन् सांसदहरु। तर पनि मैले सदनमा आफ्नो कुरा स्पष्ट राख्ने प्रयास गरेँ। म माथि पार्टीको ह्वीप जारी भएन, आफ्नो कुरा निर्धक्क राखेँ।
अहिले संसद् जुन ढङ्गले चलिरहेको छ त्यो ठीक छैन। संसद् भनेको स्वतन्त्र ढङ्गले चल्नुपर्छ। सांसदलाई बोल्ने स्वतन्त्रता हुनुपर्छ। त्यो स्वतन्त्रता छैन। पाँच/सात जनाको समूहको घेराबन्दी हुन्छ। घुमाइ फिराइ उनीहरुको मात्रै पहुँच हुने, माथिल्लो तहमा अवसर लिने परिपाटी छ। यो कुरा मैले सदनमा बारम्बार उठाएको थिएँ।
जनप्रतिनिधिको मुख्य दायित्व कानुन निर्माण हो, सँगसँगै विकास निर्माणमा पनि केन्द्रित हुनुपर्ने बाध्यता छ। विकास निर्माणका काममा ध्यान दिन सकिएको छैन। अहिले विकास निर्माणका कामहरु प्रभावकारी हुन सकेको पाइन्न। सबैजसो क्षेत्रमा बेथिति मौलाएको छ। प्रजातन्त्र आएपछि जति सरकार बने पनि ती सबै सरकारको प्रभावकारिता बढेको देखिँदैन। राजनीति कमाउने साधनजस्तो बनेको छ।
जनप्रतिनिधिको मुख्य काम कानुन निर्माण हो। तर, सांसदले कानुन निर्माणमा सक्रिय हुन पाएका छैनन्। बरु उनीहरु जिल्ला, निर्वाचन क्षेत्रमा बढी केन्द्रित भएका छन्। किनकी राजनीतिक दलहरुको कमजोरी, सत्ता परिवर्तनको दाउपेच, राजनीतिक लुछाचुँडीले सदनलाई प्रभावकारी बनाउन सकिएको छैन। राजनीतिक सौदाबाजीले जनताको मुद्दालाई मुखरित गर्न सकिएको छैन।
सदनमा सांसदको भूमिका पनि प्रभावकारी छैन। स्वतन्त्र सांसदले खुलस्तरुपमा आफ्नो कुरा राख्छन् तर, पार्टीका सांसदले स्पष्ट कुरा राख्न सकिरहेका छैनन्। आगामी दिनमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउन नसके देशको विकास र जनताको आकाङ्क्षा पूरा हुँदैन।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार दिनुपर्छ। अधिकारविहीन भएको गुनासो गर्दै प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरुले बारम्बार सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। तथापी, अहिले पनि सुनुवाइ भएको छैन। मुख्यमन्त्रीलाई प्रदेश प्रमुख, सिडियोले टेर्दैनन्। सङ्घ र प्रदेशबीच पनि एक किसिमको फाटो छ।
जनप्रतिनिधिको हैसियतले सदनमा संसद्को काम बारबाहीलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्छ। जनताको शिक्षा, स्वास्थ्य, कृषिमा सुधार ल्याउने, गरिबी निवारण, रोजगारी सिर्जना, बेरोजगारीको अन्त्य गर्नेजस्ता कुरालाई सदनले प्राथमिकता दिनुपर्छ। जनतामा पनि चेतना, जागरण आउन जरुरी छ। मुख्य कमजोरी जनतामा पनि छ। जनताले चाह्यो भने परिवर्तन हुन्छ। एक दिन त देशमा परिवर्तन पक्कै हुन्छ।
अहिले सरकार र राजनीतिक दलको भूमिका प्रभावकारी हुनुपर्छ। प्रणालीमा सुधार गर्दै जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक दायित्व निर्वाह गर्नुपर्छ। जनतामा एक किसिमको वितृष्णा बढेको छ। यसलाई समयमै सम्बोधन गर्न सरकार र दलप्रति जनताको आशा, भरोसा र आत्मविश्वास बढाउनेतर्फ सबै राजनीतिक दल, सरकार र सदन सजक हुन जरुरी छ। त्यसैले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई भरोसायोग्य बनाउन सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने अहिलेको अपरिहार्यता हो।
सांसद गङ्गाप्रसाद यादवको परिचय
विसं २०३७ देखि विद्यार्थी राजनीतिमा लागेका यादव विसं २०४७ राजनीतिक दलमा आबद्ध भए। विसं २०३६ मा अनेरास्ववियुमा सङ्गठित भई सिरहा क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए। विसं २०४३ मा तत्कालीन उप–प्रधानपञ्च (जनपक्षीय) निर्वाचित भएका प्रजातान्त्रिक एकता मञ्चको जिल्ला उपाध्यक्ष, विसं २०४६ मा वाममोर्चाको सदस्य तथा विसं २०४७ मा नेकपा (एमाले)को सदस्यता प्राप्त गरी जिल्ला कमिटी प्रवेश गरे।
आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भइहाल पार्टीको केन्द्रीय सदस्य रहे। सांसद यादव अहिले एमालेको तर्फबाट मधेशी कोटामा सिराहाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुन्।
(एमालेका सांसद गङ्गाप्रसाद यादवसँग राससले गरेको कुराकानीको संपादित अंश)
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












