रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : राष्ट्रियसभाअध्यक्ष तिमिल्सिना
लेखनाथ (कास्की) । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो ।
“देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “अब नेपाल रेडक्रस सोसाइटीमा आबद्ध देशभरका कमिटी सदस्यले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पार्नहोस् ।”
अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्ररूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।
रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार सेवाको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको थियो ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विपद्मा परेका र रगत अभावमा छटपटाइरहेका परिवारलाई सेवा पुर्याउँदै आएको रेडक्रसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । रगतको अभाव र प्राकृतिक विपद्मा परेका परिवारलाई सहज र सरलरूपमा सेवा पुर्याउन उक्त संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसकर्मीले असल र पवित्र भावनालाई उजागर गर्दै दुःखमा परेको परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा एक सय ९१ मुलुकमा सेवा गर्दै आएको यस संस्थाका हरेक सदस्यले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक गन्ध आउन नहुने भनाइ उहाँको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बन्दुकुमार थापालगायतले रेडक्रसको भूमिकाको चर्चा गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












