वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की
काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् ।
हालको समितिमा महासचिव रहेका कार्की अध्यक्षमा चयन भएका हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पा र उपाध्यक्षमा श्री एयरलाइन्सका प्रवत्ता अनिल मानन्धर, महासचिवमा यति एयरलाइन्सका एकाउन्टेवल म्यानेजर सुभास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका प्रवक्ता रुपेश जोशी निर्वाचीत भएका छन्।
यद्यपि नयाँ समितिको औपचारिक रुपमा घोषणा गरिएको छैन। बिहीबार हुने संघको २३औं साधारण सभाको पूर्वसन्ध्यामा बुधबार सर्वसम्मत नेतृत्व चयन गरिएको हो। २ वर्षे कार्यकालका लागि चयन हुने पदाधिकारी र कार्यसमितिका लागि बुधबार नै सर्वसम्मत चयन गरिएको संघले जानकारी दिएको छ।
यसअघिका साधारण सभामा पनि एक दिन अघि नै नयाँ कार्यसमिति चयन गर्ने परम्परालाई यो पटक पनि निरन्तरता दिइएको संघको भनाइ छ।
संघका एक सदस्यका अनुसार अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएका छन्। तर, उनीहरुको पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन। ‘बिहीबार बेलुका मात्र नाम सार्वजनिक गर्ने सहमति भएको छ,’ ती सदस्यले भने।
संघभित्र नयाँ नेतृत्व आउँदा प्राधिकरणसँग समन्वय गर्न सक्ने खालको व्यक्तिको खोजी गर्ने क्रममा कार्कीलाई सर्वसम्मत गरिएको एक पदाधिकारीले बताए। साधारणसभा बिहीबार ५ बजेका लागि तय गरिएको छ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












