वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की
काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् ।
हालको समितिमा महासचिव रहेका कार्की अध्यक्षमा चयन भएका हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पा र उपाध्यक्षमा श्री एयरलाइन्सका प्रवत्ता अनिल मानन्धर, महासचिवमा यति एयरलाइन्सका एकाउन्टेवल म्यानेजर सुभास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका प्रवक्ता रुपेश जोशी निर्वाचीत भएका छन्।
यद्यपि नयाँ समितिको औपचारिक रुपमा घोषणा गरिएको छैन। बिहीबार हुने संघको २३औं साधारण सभाको पूर्वसन्ध्यामा बुधबार सर्वसम्मत नेतृत्व चयन गरिएको हो। २ वर्षे कार्यकालका लागि चयन हुने पदाधिकारी र कार्यसमितिका लागि बुधबार नै सर्वसम्मत चयन गरिएको संघले जानकारी दिएको छ।
यसअघिका साधारण सभामा पनि एक दिन अघि नै नयाँ कार्यसमिति चयन गर्ने परम्परालाई यो पटक पनि निरन्तरता दिइएको संघको भनाइ छ।
संघका एक सदस्यका अनुसार अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएका छन्। तर, उनीहरुको पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन। ‘बिहीबार बेलुका मात्र नाम सार्वजनिक गर्ने सहमति भएको छ,’ ती सदस्यले भने।
संघभित्र नयाँ नेतृत्व आउँदा प्राधिकरणसँग समन्वय गर्न सक्ने खालको व्यक्तिको खोजी गर्ने क्रममा कार्कीलाई सर्वसम्मत गरिएको एक पदाधिकारीले बताए। साधारणसभा बिहीबार ५ बजेका लागि तय गरिएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












