मस्कोमा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको दोस्रो कंग्रेस सम्पन्न, १३० भन्दा बढी देशका प्रतिनिधि सहभागी
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर) र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
कंग्रेसले एसिया,अफ्रिका,ल्याटिन अमेरिका र उत्तरी अमेरिकाका बुद्धिजीवीहरू एकैठाउँमा ल्याएको छ । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभा,रूसी दार्शनिक प्रोफेसर डा. अलेक्जेन्डर दुगिन र मिडिया समूहका अध्यक्ष जारग्राद कोन्स्टान्टिन मालोफीभ समारोहका प्रमुख वक्ताहरु थिए ।
यस्तै रूसी संघका विदेशमन्त्री सेर्जेई लाभरोभले पनि अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट कार्यक्रममा सम्बोधन गरेका थिए । राष्ट्रपति भ्लाभिमिर पुटिनले भने शुभकामना सन्देश पठाएका थिए । उनको सन्देश पढेर सुनाइएको थियो । अन्तर्राष्ट्रिय रुसोफिल आन्दोलन कंग्रेसमामा नेपालबाट मोहन ज्ञवालीको सहभागिता रहेको थियो ।
सम्मेलनमा बहुध्रुवीय विश्व व्यवस्था,संस्कृति र सभ्यताको संवाद,परम्परागत मूल्यमान्यताको संरक्षण,पश्चिमा आधिपत्यको विरोधलगायत विषयमा छलफल भएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तै पश्चिमा आधिपत्य र संस्कृति लोपको विपक्षमा पनि गहन छलफल भएको थियो । मार्च २०२३ मा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको सम्मेलनको सुरुवात भएको थियो । यस वर्षको कार्यक्रम फेब्रुअरी २६ देखि सुरु भएर दुई दिनसम्म सञ्चालन भयो । यो प्लेटफर्मले १३१ देशका मानिसहरूलाई एकताबद्ध गरेको छ । सम्मेलनमा बहुध्रवीय विश्व व्यवस्थाका सम्बन्धमा गहन विचार-विमर्श भएको छ ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय कंग्रेसको रुसोफाइल मुभमेन्टको दोस्रो महाधिवेशन सफलताको कामना गर्दै आयोजक र सहभागीहरूलाई शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति पुटिनको सन्देशमा लेखिएको छ, ‘तपाईंको मञ्चले सबै महादेशका १३० भन्दा बढी देशका सयौं प्रतिनिधिहरूलाई एकसाथ ल्याएको छ। यो व्यापक प्रतिनिधित्वले स्पष्ट रूपमा देखाउँछ कि अन्तर्राष्ट्रिय रुसोफाइल सार्वजनिक आन्दोलन आत्मविश्वासका साथ बढिरहेको छ र यसले नयाँ समर्थकहरू प्राप्त गर्दैछ।’
यस्तै शुभकामना सन्देशमा उनले ‘रुसोफाइल मुभमेन्टले रूसलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने सामूहिक पश्चिमको प्रयासको सामना गर्न विदेशमा हाम्रो देशको बारेमा वस्तुनिष्ठ र विश्वसनीय जानकारी फैलाउन मद्दत गर्दछ । साथै प्रोपोगान्डाद्वारा सिर्जना गरिएको रूस विरोधी अनुमानहरू र मिथकहरू हटाउन मद्दत गर्दछ।’ भनेका छन् ।
पुटिन शुभकामना सन्देशमा लेख्छन्, ‘यस आन्दोलनका महान गतिविधिहरूले मित्रता र पारस्परिक सम्मानको परम्पराको संरक्षण र सुदृढीकरण गर्न मद्दत गर्दछ जसले रूसीहरूलाई अन्य राष्ट्रहरूसँग जोड्दछ । यसले रूसी विश्वलाई एकताबद्ध गर्न, हाम्रो राष्ट्रिय संस्कृति र यसका उपलब्धिहरूलाई बढावा दिनुका साथै विश्वमा हाम्रो मानवीय उपस्थिति विस्तार गर्न मद्दत गर्दछ।’
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












