चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने विज्ञको दाबी
काठमाडौँ । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्ने विज्ञहरुले जनाएका छन् । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार काठमाडौंमा आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तरक्रियाका वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् ।
कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताउनुभयो । चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने उहाँको भनाइ थियो । ‘सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीको बेलामा चीनले लिएको आर्थिक नीतिले विश्वको अर्र्थतन्त्रमा केही सहयोग पुगेको थियो, नेपाल छिमेकी मुलुक भएको कारण चीनको नीतिले नेपाललाई प्रभाव पर्दैन भन्न मिल्दैन’, उहाँले भन्नुभयो ।
कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीजिन फिङको नेपाल भ्रमणले नेपालको विकासमा केही आशा जागेको उल्लेख गर्नुभयो । नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गर्नुभयो ।
निर्यात व्यवसायी महासंघका अध्यक्ष शङ्कर पाण्डे, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिशचन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुली, चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेललगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन हिसाबले विकसित हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभएको थियो ।
उहाँहरूले दुई देशबीच भाषाको समस्या, चीनमा व्यापारको समयमा लेनदेनको समस्या, सामान पठाउनका लागि बोर्डरमा प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपरेको बताउनुभएको थियो । चाइना मिडिया गुप्र, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षा, नेपाल–चीन युवामैत्री सङ्घका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











