‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग’ले राजस्व अनुसन्धान विभागका उपसचिव पौडेललाई पुरस्कृत गर्न सिफारिस गर्यो
काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले राजस्व अनुसन्धान विभागका उपसचिव सन्तोष पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ । ६१ किलो सुन तस्करीसम्बन्धी प्रभावकारी अनुसन्धान गरेको भन्दै पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको हो । आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्वाह गरेकोमा पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो ।
उपसचिव पौडेलले बरामद भएको ६१ किलो सुनको प्रारम्भिक अनुसन्धान परिणाम आउने गरी गर्नु भएको थियो । गत साउन ३ गतेदेखि १९ गते सम्मको अनुसन्धानमा संगठित अपराधको तत्व देखिएकाले थप अनुसन्धान सीआइबीबाट हुने गरी उपसचिव पौडेलको सक्रियतामा नेपाल प्रहरीमा फाइल हन्तान्तरण भएको थियो । सुन प्रकरणको प्रारम्भिक अनुसन्धान र प्रक्रियामा भूमिका देखिएकाले उपसचिव पौडेललाई पुरस्कृत गर्न लागिएको बुझिएको छ ।
उपसचिव पौडेलले १८ दिनसम्म गरेको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिङलगायत काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ । यसअघि पौडेल ‘उत्कृष्ट निजामती कर्मचारी २०७९’ बाट सम्मानित हुनु भएको थियो ।
आयोगले छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरोका पदाधिकारी, अन्य धेरैलाई मुद्धा चलाउने र विभागीय कारबाही गर्ने सिफारिस गर्दा पनि उपसचिव पौडेल एक मात्र त्यस्ता व्यक्ति हुन् जसलाई छानविन समितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै आयोगले सिफारिस गरेको हो ।
यस्तै जाँचबुझ आयोगले कम्प्युटर अपरेटर धनराज बुढालाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ । अपरेट बुढाले पनि ६१ किलो सुन प्रकरणको प्रारम्भिक अन्सन्धानमा भूमिका खेलेको आयोगको निष्कर्ष छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












