तेह्रथुममा आगलागी हुँदा १६ घर जले, आगो नियन्त्रण बाहिर
काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार अपरान्हदेखि सुरु भएको आगलागीमा परी ५ वटा बस्तीका १६ घर जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किए पछि घरहरु जलेका हुन् ।
आगलागीका कारण अहिलेसम्म १६ वटा घर जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपा गाउँ जलेका हुन् । बस्तीमा अहिले पनि आगो लागिरहेको छ । गाउँमा बस्ती पातलो भएको र बस्ती वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले बताए ।
आगो नियन्त्रणमा लिनका लागि सदरमुकाम म्याङलुङबाट जनपथ र शसस्त्र प्रहरी पुगेको प्रहरी नायव उपरिक्षक राजन चापागाँइले बताए । स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर घना जंगल र सुख्खा क्षेत्र भएकाले नियन्त्रणमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।
गाउँका ५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको छ । पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ । आगलागीले के कति जनधनको क्षति भयो ? भन्ने यकिन भएको छैन । जलेकामध्ये अधिकांश घरहरुमा मान्छे बस्ने गरेका थिए । गाउँमा सडक साँघुरो भएकाले बारुण यन्त्र समेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ पहल ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












