तेह्रथुममा आगलागी हुँदा १६ घर जले, आगो नियन्त्रण बाहिर
काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार अपरान्हदेखि सुरु भएको आगलागीमा परी ५ वटा बस्तीका १६ घर जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किए पछि घरहरु जलेका हुन् ।
आगलागीका कारण अहिलेसम्म १६ वटा घर जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपा गाउँ जलेका हुन् । बस्तीमा अहिले पनि आगो लागिरहेको छ । गाउँमा बस्ती पातलो भएको र बस्ती वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले बताए ।
आगो नियन्त्रणमा लिनका लागि सदरमुकाम म्याङलुङबाट जनपथ र शसस्त्र प्रहरी पुगेको प्रहरी नायव उपरिक्षक राजन चापागाँइले बताए । स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर घना जंगल र सुख्खा क्षेत्र भएकाले नियन्त्रणमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।
गाउँका ५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको छ । पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ । आगलागीले के कति जनधनको क्षति भयो ? भन्ने यकिन भएको छैन । जलेकामध्ये अधिकांश घरहरुमा मान्छे बस्ने गरेका थिए । गाउँमा सडक साँघुरो भएकाले बारुण यन्त्र समेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












