‘होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ’
काठमाडौं । नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । एकअर्कामा रङ दलेर खुसी साटासाट गरी मनाइने होली पर्व मनाउँदा रङले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने हुँदा सचेत भई खेल्न छाला रोग विशेषज्ञको आग्रह छ ।
छाला रोग विशेषज्ञ डा.ईशा पौडेल कोइरालाले होलीमा प्रयोग गरिने रङमा रासायनिक वस्तु मिसाइएको हुँदा सकेसम्म अर्गानिक रङको प्रयोग गर्न आग्रह गर्नुभयो । डा. कोइरालाका अनुसार होलीमा प्रयोग हुने रङमा मर्करी सल्फेट, कपर सल्फेट, फेरो साइनाइड, क्रोमियम आयोडाइड लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । होलीमा सकेसम्म प्रकृति रङको प्रयोग गर्न छाला रोग विशेषज्ञ डा. कोइरालाको सुझाव छ ।
रङमा मिसाइएका रासायनिक तत्त्वहरूले छाला,कपाल,आँखा,कान लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्याउने डा.कोइराला बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “रासायनिक मिसाइएका रङले छाला रातो हुने, चिलाउने, डाबर आउने, सुख्खा हुने, रङ आँखामा परेर चिलाउने, रातो हुने, पानी बग्ने, डन्डीफोर आउने, सोससिस, एक्जीमा जस्ता बढ्ने,कपाल रुखो हुने,झर्ने जस्ता समस्या निम्तने गर्दछन् ।”
डा. कोइरालाका अनुसार रङको असर कम गर्न होली खेल्नुभन्दा अघि नै सावधानी अपनाउनुपर्छ । होली खेल्नु अघिल्लो दिन नै टाउकोमा तेल, छालामा मोइस्चराइजर क्रिम लगाउनुका साथै, नङमा पनि असर गर्ने हुँदा मोइस्चराइजर क्रिम वा तेल लगाउने र पूरा शरीर छोप्ने गरेर लुगा लगाएर होलीको रङ खेल्न डा.कोइरालाको अनुरोध छ ।
आँखामा पनि एलर्जी हुने हुँदा होली खेल्दा चस्मा लगाएर खेल्न उहाँले आग्रह गर्नुभयो । यदि पहिले देखिनै छालामा एलर्जी लगायतका समस्या भएमा समस्या झनै बढ्ने हुँदा रङ नखेल्न उहाँको सुझाव छ।
उहाँका अनुसार यदि रङ खेल्दा खेल्दै एलर्जी भएमा तुरुन्त रङ धोएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । धेरै नै गाह्रो भएमा एलर्जी बढ्दै गएर आँखा, ओठ सुनिने, सास फेर्दा रङ मुख भित्र पसेर दम हुने सम्भावना बढ्ने भएकाले तुरुन्त चिकित्सकको परामर्श लिन उहाँको सुझाव छ ।
छालामा धेरै बेर रङ राख्दा अन्य नकारात्मक असर पर्ने हुँदा धेरै बेर रङ नखेल्न उहाँको सुझाव छ । होलीको रङ जबरजस्ती निकाल्न हुँदैन त्यसले छालामा समस्या निम्तने गर्छ ।गाडा रङ भएमा मोइस्चराइजर क्रिम लगाएर किलिङजीङ वा माइल्ड साबुन को प्रयोग गरेर रङ निकाल्न उहाँको सुझाव छ ।
रङले कपाल सुख्खा बनाउने हुँदा सल्फेड फ्रि स्याफु प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । रङ निकालेपछि छालामा मोइस्चराइजर क्रिम र सन ब्लक क्रिम लगाउन र कपालमा कपालमा लगाउने हेयर सिरम लगाउन डा. कोइरालाको सुझाव छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












