‘होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ’
काठमाडौं । नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । एकअर्कामा रङ दलेर खुसी साटासाट गरी मनाइने होली पर्व मनाउँदा रङले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने हुँदा सचेत भई खेल्न छाला रोग विशेषज्ञको आग्रह छ ।
छाला रोग विशेषज्ञ डा.ईशा पौडेल कोइरालाले होलीमा प्रयोग गरिने रङमा रासायनिक वस्तु मिसाइएको हुँदा सकेसम्म अर्गानिक रङको प्रयोग गर्न आग्रह गर्नुभयो । डा. कोइरालाका अनुसार होलीमा प्रयोग हुने रङमा मर्करी सल्फेट, कपर सल्फेट, फेरो साइनाइड, क्रोमियम आयोडाइड लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । होलीमा सकेसम्म प्रकृति रङको प्रयोग गर्न छाला रोग विशेषज्ञ डा. कोइरालाको सुझाव छ ।
रङमा मिसाइएका रासायनिक तत्त्वहरूले छाला,कपाल,आँखा,कान लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्याउने डा.कोइराला बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “रासायनिक मिसाइएका रङले छाला रातो हुने, चिलाउने, डाबर आउने, सुख्खा हुने, रङ आँखामा परेर चिलाउने, रातो हुने, पानी बग्ने, डन्डीफोर आउने, सोससिस, एक्जीमा जस्ता बढ्ने,कपाल रुखो हुने,झर्ने जस्ता समस्या निम्तने गर्दछन् ।”
डा. कोइरालाका अनुसार रङको असर कम गर्न होली खेल्नुभन्दा अघि नै सावधानी अपनाउनुपर्छ । होली खेल्नु अघिल्लो दिन नै टाउकोमा तेल, छालामा मोइस्चराइजर क्रिम लगाउनुका साथै, नङमा पनि असर गर्ने हुँदा मोइस्चराइजर क्रिम वा तेल लगाउने र पूरा शरीर छोप्ने गरेर लुगा लगाएर होलीको रङ खेल्न डा.कोइरालाको अनुरोध छ ।
आँखामा पनि एलर्जी हुने हुँदा होली खेल्दा चस्मा लगाएर खेल्न उहाँले आग्रह गर्नुभयो । यदि पहिले देखिनै छालामा एलर्जी लगायतका समस्या भएमा समस्या झनै बढ्ने हुँदा रङ नखेल्न उहाँको सुझाव छ।
उहाँका अनुसार यदि रङ खेल्दा खेल्दै एलर्जी भएमा तुरुन्त रङ धोएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । धेरै नै गाह्रो भएमा एलर्जी बढ्दै गएर आँखा, ओठ सुनिने, सास फेर्दा रङ मुख भित्र पसेर दम हुने सम्भावना बढ्ने भएकाले तुरुन्त चिकित्सकको परामर्श लिन उहाँको सुझाव छ ।
छालामा धेरै बेर रङ राख्दा अन्य नकारात्मक असर पर्ने हुँदा धेरै बेर रङ नखेल्न उहाँको सुझाव छ । होलीको रङ जबरजस्ती निकाल्न हुँदैन त्यसले छालामा समस्या निम्तने गर्छ ।गाडा रङ भएमा मोइस्चराइजर क्रिम लगाएर किलिङजीङ वा माइल्ड साबुन को प्रयोग गरेर रङ निकाल्न उहाँको सुझाव छ ।
रङले कपाल सुख्खा बनाउने हुँदा सल्फेड फ्रि स्याफु प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । रङ निकालेपछि छालामा मोइस्चराइजर क्रिम र सन ब्लक क्रिम लगाउन र कपालमा कपालमा लगाउने हेयर सिरम लगाउन डा. कोइरालाको सुझाव छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












