धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।
सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा दुई सय दुई, धनौजी गाउँपालिकामा नौ, सहिद नगरपालिकामा एक सय १६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा एक सय ९५, कमला नगरपालिकामा ३४, हङ्सपुर नगरपालिकामा एक सय नौ, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवजी दासले जानकारी दिनुभयो ।
हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा उक्त कार्यालयद्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकृत दासले हात्तीपाइले रोगका बिरामीको सङ्ख्या बढदै गएको बताउनुभयो । मधेश प्रदेशका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उक्त अभियानअन्र्तगत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइने छ ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दासले धनुषामा यही वैशाख १६ गतेदखि ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत धनुषामा आठ लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य छ । सो कार्यालयले गत आर्थिक वषर्मा पनि औषधि खुवाउने अभियान सुरु गरेको थियो । ग्रामीण जनसङ्ख्याको तुलनामा सहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको उहाँले भन्नुभयो । हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीले सेवन गर्न नहुने अधिकृत दासले बताउनुभयो ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











