शिविरमा नि:शुल्क सेवा दिने चिकित्सकलाई पद्मोदय फाउन्डेसनले गर्याे सम्मान
काठमाडाैं । पद्मोदय फाउन्डेसनले स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी शिविरमा नि:शुल्क सेवा दिने चिकित्सहरूलाई सम्मान गरेका छन् ।
क्यान्सर रोकथाम र निदान सम्बन्धी प्रारम्भिक परिक्षण शिविर दुई दिने शिविर संचालन गरेको नेपाल अस्ट्रेलियन सर्भाइभल क्यान्सर फाउन्डेसनले धनगढीमाई नगरपालिका वडा नं ७ को स्वास्थ्य चौकीमा शिविर संचालन गरेका थिए ।
पद्मोदय फाउन्डेसनको संरक्षक तथा कार्यक्रमको प्रमुख अतिथि धनगढी नैनपुर स्थायी ठेगाना भएका समाजसेवी अशोक खड्काले १ वर्ष मात्रै अगाडी दर्ता भएको पद्मोदय फाउन्डेसनले धेरै कार्यक्रमहरू गरिसकेको बताएका छन् ।
उनले आगामी दिनहरूमा यस्तो कार्यक्रम गरेको निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्मल वितरण स्वास्थ्यपछि अब शिक्षा र गरिबी निवारणमा डाटा संकलन गरिरहेका छन् । हाम्रो गाउँ ठाउँबाट को(कति युवाहरू वैदेशिक रोजगारीमा गएको देखि लिएर तिनीहरूलाई भने जसरी काम पारिश्रमिक र के कस्ता समस्याहरू झेल्नुपरेको कुराहरूमा पनि अबको जोड हुने संस्थाका संरक्षक खडकाको तर्क थियो । उनले प्रचण्ड गर्मीमा पनि काठमाडौंको चिसो ठाउँका डाक्टरहरूले दिएको योगदानलाई कदर गर्दै कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले ुपद्मोदय फाउन्डेसन हाम्रो ग्रामीण क्षेत्रको सेवा गर्न एकदमै गर्मी र कष्ट सहेर पनि सेवा दिनुभएका डाक्टरहरूलाई सम्मान गर्नैपर्छ । महिला दिदीबहिनीहरूको पाठेघरको समस्या एक त बुझ्नै गाह्रो, पत्ता लगाउनै गाह्रो आफैंसंग हुँदा पनि आफैंलाई थाह नभएपछि त्यस्तो अवस्थामा पद्मोदय फाउन्डेसनले एउटा लुकेको समस्यालाई पहिचान गरि काठमाडौंंका डाक्टरसाबहरूले गरेको सराहनीय कार्य हो ।ु प्रमुख महतोका अनुसार मधेश प्रदेशमा पाठेघर सम्बन्धी समस्या एउटा ठूलो समस्या छ । यसरी नै पद्मोदय फाउन्डेसनले १ वर्ष देखि अग्रणी भूमिका खेलेकोमा हार्दिक शुभकामना र डाक्टरहरूलाई धन्यवाद दिए ।
डाक्टर अमलादेवी मानन्धरले हाम्रो संस्था अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसन काठमाडौंंले पाठेघर क्यान्सर सम्बन्धी धेरै निस्शुल्क स्वास्थ्य शिविर गरिसकेको जसबाट नेपालको धेरै वटा जिल्लाहरूको करिब ६० हजार महिला दिदीबहिनीहरूले सेवा लिइसकेको जानकारी गराएकी छन् ।
हाम्रो संस्थाको मुख्य उद्देश्य नै पाठेघरको क्यान्सरको उपचार भन्दा पनि न्यूनीकरण र रोकथाम रहेको छ । जसको सिलसिलामा यसै संस्थाका बोर्ड सदस्य डाक्टर योगेन्द्र प्रसाद सिंहको समन्वयमा यसपटक सिरहामा कार्यक्रम गर्नुपर्ने सल्लाह भएर स्थानीय पद्मोदय फाउन्डेसनको सहकार्यमा यो कार्यक्रम भएको हो ।डाक्टर मानन्धरले भनिन् । दिनको शिविरमा ३ सय ५५ जनालाई जाँच गर्यो, जसमध्ये पहिलो दिन २४ जनामा क्यान्सर लाग्ने सम्भावना पोजेटिभ भिआइए ९भिज्वल इन्सपेक्सन विथ एसेटिक एसिड० अर्थात एसिटिक एसिडको साथ दृश्य परिक्षण गरेकोहरूलाई पछि पाठेघरको क्यान्सर हुने संभावना छ । उहाँहरूको पोजेटिभ आएको भन्दैमा हामीले छोडेका छैनौं । उहाँहरूको तत्काल उपचार पनि सुरु गरिसकेको छ । सबैभन्दा बढी फायदा ती २४ जनालाई भएको छ । हामीले १ जनालाई पनि फायदा भएको भएपनी खुसी हुने थियौं तर २४ जना लाभान्वित भए ।
पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र सिंहका अनुसार स्तन र पाठेघरको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । त्यसको मुख्य कारण भने महिलाहरूले लुकाएर राखेको हुन्छ । कतिपयले त आफैं निको हुने दाबी गर्दागर्दै अस्पतालसम्म जांच गराउन जानै नपाएर क्यान्सर लागेर मृत्युको शैयासम्म पुग्ने गर्छन्।
उनले ग्रामीण क्षेत्रहरूमा विभिन्न स्वास्थ्य संस्थाहरू भएपनि पाठेघर सम्बन्धी छुट्टै जाँचको सुविधा हुँदैन । पाठेघरकै क्यान्सरबाट पीडित महिलाहरूलाई नेपाल अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसन काठमाडौंंको बचाउने अभियान छ । त्यो फाउन्डेसनसँग पद्मोदय फाउन्डेसन धनगढीले सहकार्य गरेर अगाडी बढेको छ ।
क्यान्सर सम्बन्धी नेपाल सरकारको एक अध्ययनले नेपालमा क्यान्सरबाट मृत्यु हुनेहरूमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरको कारणले महिलाहरूको बढी मृत्यु भएको देखाउँछ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












