शिविरमा नि:शुल्क सेवा दिने चिकित्सकलाई पद्मोदय फाउन्डेसनले गर्याे सम्मान
काठमाडाैं । पद्मोदय फाउन्डेसनले स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी शिविरमा नि:शुल्क सेवा दिने चिकित्सहरूलाई सम्मान गरेका छन् ।
क्यान्सर रोकथाम र निदान सम्बन्धी प्रारम्भिक परिक्षण शिविर दुई दिने शिविर संचालन गरेको नेपाल अस्ट्रेलियन सर्भाइभल क्यान्सर फाउन्डेसनले धनगढीमाई नगरपालिका वडा नं ७ को स्वास्थ्य चौकीमा शिविर संचालन गरेका थिए ।
पद्मोदय फाउन्डेसनको संरक्षक तथा कार्यक्रमको प्रमुख अतिथि धनगढी नैनपुर स्थायी ठेगाना भएका समाजसेवी अशोक खड्काले १ वर्ष मात्रै अगाडी दर्ता भएको पद्मोदय फाउन्डेसनले धेरै कार्यक्रमहरू गरिसकेको बताएका छन् ।
उनले आगामी दिनहरूमा यस्तो कार्यक्रम गरेको निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्मल वितरण स्वास्थ्यपछि अब शिक्षा र गरिबी निवारणमा डाटा संकलन गरिरहेका छन् । हाम्रो गाउँ ठाउँबाट को(कति युवाहरू वैदेशिक रोजगारीमा गएको देखि लिएर तिनीहरूलाई भने जसरी काम पारिश्रमिक र के कस्ता समस्याहरू झेल्नुपरेको कुराहरूमा पनि अबको जोड हुने संस्थाका संरक्षक खडकाको तर्क थियो । उनले प्रचण्ड गर्मीमा पनि काठमाडौंको चिसो ठाउँका डाक्टरहरूले दिएको योगदानलाई कदर गर्दै कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले ुपद्मोदय फाउन्डेसन हाम्रो ग्रामीण क्षेत्रको सेवा गर्न एकदमै गर्मी र कष्ट सहेर पनि सेवा दिनुभएका डाक्टरहरूलाई सम्मान गर्नैपर्छ । महिला दिदीबहिनीहरूको पाठेघरको समस्या एक त बुझ्नै गाह्रो, पत्ता लगाउनै गाह्रो आफैंसंग हुँदा पनि आफैंलाई थाह नभएपछि त्यस्तो अवस्थामा पद्मोदय फाउन्डेसनले एउटा लुकेको समस्यालाई पहिचान गरि काठमाडौंंका डाक्टरसाबहरूले गरेको सराहनीय कार्य हो ।ु प्रमुख महतोका अनुसार मधेश प्रदेशमा पाठेघर सम्बन्धी समस्या एउटा ठूलो समस्या छ । यसरी नै पद्मोदय फाउन्डेसनले १ वर्ष देखि अग्रणी भूमिका खेलेकोमा हार्दिक शुभकामना र डाक्टरहरूलाई धन्यवाद दिए ।
डाक्टर अमलादेवी मानन्धरले हाम्रो संस्था अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसन काठमाडौंंले पाठेघर क्यान्सर सम्बन्धी धेरै निस्शुल्क स्वास्थ्य शिविर गरिसकेको जसबाट नेपालको धेरै वटा जिल्लाहरूको करिब ६० हजार महिला दिदीबहिनीहरूले सेवा लिइसकेको जानकारी गराएकी छन् ।
हाम्रो संस्थाको मुख्य उद्देश्य नै पाठेघरको क्यान्सरको उपचार भन्दा पनि न्यूनीकरण र रोकथाम रहेको छ । जसको सिलसिलामा यसै संस्थाका बोर्ड सदस्य डाक्टर योगेन्द्र प्रसाद सिंहको समन्वयमा यसपटक सिरहामा कार्यक्रम गर्नुपर्ने सल्लाह भएर स्थानीय पद्मोदय फाउन्डेसनको सहकार्यमा यो कार्यक्रम भएको हो ।डाक्टर मानन्धरले भनिन् । दिनको शिविरमा ३ सय ५५ जनालाई जाँच गर्यो, जसमध्ये पहिलो दिन २४ जनामा क्यान्सर लाग्ने सम्भावना पोजेटिभ भिआइए ९भिज्वल इन्सपेक्सन विथ एसेटिक एसिड० अर्थात एसिटिक एसिडको साथ दृश्य परिक्षण गरेकोहरूलाई पछि पाठेघरको क्यान्सर हुने संभावना छ । उहाँहरूको पोजेटिभ आएको भन्दैमा हामीले छोडेका छैनौं । उहाँहरूको तत्काल उपचार पनि सुरु गरिसकेको छ । सबैभन्दा बढी फायदा ती २४ जनालाई भएको छ । हामीले १ जनालाई पनि फायदा भएको भएपनी खुसी हुने थियौं तर २४ जना लाभान्वित भए ।
पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र सिंहका अनुसार स्तन र पाठेघरको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । त्यसको मुख्य कारण भने महिलाहरूले लुकाएर राखेको हुन्छ । कतिपयले त आफैं निको हुने दाबी गर्दागर्दै अस्पतालसम्म जांच गराउन जानै नपाएर क्यान्सर लागेर मृत्युको शैयासम्म पुग्ने गर्छन्।
उनले ग्रामीण क्षेत्रहरूमा विभिन्न स्वास्थ्य संस्थाहरू भएपनि पाठेघर सम्बन्धी छुट्टै जाँचको सुविधा हुँदैन । पाठेघरकै क्यान्सरबाट पीडित महिलाहरूलाई नेपाल अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसन काठमाडौंंको बचाउने अभियान छ । त्यो फाउन्डेसनसँग पद्मोदय फाउन्डेसन धनगढीले सहकार्य गरेर अगाडी बढेको छ ।
क्यान्सर सम्बन्धी नेपाल सरकारको एक अध्ययनले नेपालमा क्यान्सरबाट मृत्यु हुनेहरूमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरको कारणले महिलाहरूको बढी मृत्यु भएको देखाउँछ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











