निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ । दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन् ।
तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताउनुभयो । अङ्ग्रेजी माध्यामबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको उहाँले बताउनुभयो ।
राप्ती गाउँपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालयमा पनि निजी विद्यालय छाडेर भर्ना भएका छन् । प्रधानाध्यापक कुलराम जैसीका अनुसार ४६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयमा नर्सरी–१ र नर्सरी–२ पनि सञ्चालन गरिएकाले पनि विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ ।
नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका–१ मा पनि निजी विद्यालयबाट भर्ना हुन विद्यार्थी आएका छन् । प्रधानाध्यापक लोकेन्द्र केसीका अनुसार ८० जना निजी विद्यालयबाट मात्रै भर्ना भएका छन् ।
राप्तीको आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी आएका छन् । प्रधानाध्यापक किरन पोख्रेलका अनुसार अहिले सोही विद्यालयमा दुई हजार एक सय विद्यार्थी छन् । सोही विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेको छ ।
यी त केही उदाहरणमात्रै हुन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको छ । अङ्ग्रेजी माध्यममा पठन–पाठन हुन थालेपछि यसरी विद्यार्थीको सङ्ख्या बढिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । सामुदायिक विद्यालयले उचित व्यवस्थापन गरेपछि विद्यार्थीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।
राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ । सोहीअनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विकलगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ ।
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स–साना कुरामा ध्यान दिनसके निजीभन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडि बढाएको समेत बताउनुभयो । ‘हामी सबै लाग्यौँ भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुनसक्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले यस वर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौँ ।’
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











