कैलालीमा आलु उत्पादन बढ्यो
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उहाँले जानकारी दिए । “यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यसपटक हिउँदमा हुस्सु पनि लागेन”, उनले भने, “हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।”
“यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो”, उनले भने, “त्यसको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ ।” किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












