एक सातामा दुई प्रहरीको शंकास्पद मृत्यु
काठमाडौं । पछिल्लो एक सातामा दुई प्रहरी जवानको शंकास्पद मृत्यु भएको पाइएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनभित्रको शौचालयमा प्रहरी जवान अजित गोले मृत अवस्थामा भेटिए । एक साताअघि ३१ जेठमा जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमै अर्का प्रहरी जवान करिश्मा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । दुबै जनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
आत्महत्या दुरुत्साहनको आरोपमा करिश्माका प्रेमी पुष्कर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । २५ वर्षकी करिश्मा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा मृत फेला परेकी थिइन् ।
मोबाइलमा भेटिएको म्यासेजको आधारमा पुष्करलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सिरहाका एसपी रमेश पण्डितले बताए । ‘मोबाइलमा केही दुरुत्साहन देखिने किसिमका केही प्रमाणहरु भेटिएपछि हुम्लाबाट पक्राउ गरी ल्याएर अनुसन्धान अघि बढाएका छौं’ एसपी पण्डितले अनलाइनखबरसँग भने ।
बुधबार दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले संसद भवनको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनको मोवाइल पनि शौचालयमा भेटिएको छ ।
प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको खुल्ने किसिमका म्यासेजहरु गोलेको मोबाइलमा भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘आत्महत्या गर्नुको कारण प्रेमिकासँगको सम्बन्धमा दरार रहेको खुलेको छ’, एक अनुसन्धान अधिकारीले भने । गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली निधारमा हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनी बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनी २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












