एक सातामा दुई प्रहरीको शंकास्पद मृत्यु
काठमाडौं । पछिल्लो एक सातामा दुई प्रहरी जवानको शंकास्पद मृत्यु भएको पाइएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनभित्रको शौचालयमा प्रहरी जवान अजित गोले मृत अवस्थामा भेटिए । एक साताअघि ३१ जेठमा जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमै अर्का प्रहरी जवान करिश्मा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । दुबै जनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
आत्महत्या दुरुत्साहनको आरोपमा करिश्माका प्रेमी पुष्कर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । २५ वर्षकी करिश्मा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा मृत फेला परेकी थिइन् ।
मोबाइलमा भेटिएको म्यासेजको आधारमा पुष्करलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सिरहाका एसपी रमेश पण्डितले बताए । ‘मोबाइलमा केही दुरुत्साहन देखिने किसिमका केही प्रमाणहरु भेटिएपछि हुम्लाबाट पक्राउ गरी ल्याएर अनुसन्धान अघि बढाएका छौं’ एसपी पण्डितले अनलाइनखबरसँग भने ।
बुधबार दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले संसद भवनको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनको मोवाइल पनि शौचालयमा भेटिएको छ ।
प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको खुल्ने किसिमका म्यासेजहरु गोलेको मोबाइलमा भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘आत्महत्या गर्नुको कारण प्रेमिकासँगको सम्बन्धमा दरार रहेको खुलेको छ’, एक अनुसन्धान अधिकारीले भने । गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली निधारमा हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनी बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनी २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












