नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६६ औं वार्षिकोत्सव असार १७ गते विविध रचनात्मक कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पूजा आराधना पश्चात् निगमको कार्यकारी अध्यक्ष युबराज अधिकारीले आमन्त्रित सवैलाइ स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन दिएका थिए ।
वार्षिक उत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको उत्तरोत्तर प्रगति तथा उन्नतिको कामना सहित हार्दिक शुभकामना दिँदै प्रभातफेरि कार्यक्रमको शुरुवात गरेका थिए । उक्त प्रभातफेरि कार्यक्रम निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटी, भद्रकाली, शहीदगेट हुँदै निगमको प्राङ्गणमा आई टुंगिएको थियो ।
निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा गत असार ७ गते सम्पूर्ण कर्मचारीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । गत असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो ।उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका कामु उप–निर्देशक, प्रितम प्रसाद प्रधान प्रथम हुनु भएका थिए भने निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी द्वितीय भएका थिए । महिला तर्फ निगमका उप–निर्देशक, सविना शाक्य प्रथम भएकी थिइन ।
यसै अवसरमा गत असार १३ गते निगमको केन्द्रीय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यस्तै गत असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिम बिच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।
विजेताहरुलाई गत असार १७ गतेको वार्षिकोत्वसवको अवसरमा मन्त्रीबाट मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी अन्य खेलाडीहरुलाई निगमका कार्यकारी अध्यक्ष अधिकारी र प्राविधिक नायव महाप्रवन्धक डोलेश्वर कोइरालाले मेडलबाट ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैबीच वार्षिकोत्सबका अवसरमा मन्त्रीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नेपाल वायुसेवा निगमको ६६ ओैं वर्षको गर्विलो इतिहास कायम राख्दै इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै सबैले एकसाथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी निगमको कार्यकारी अध्यक्ष अधिकारीले आमन्त्रित सबैलाई सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले सम्पूर्ण कर्मचारीहरुलाई अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्दै, राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा कार्य गर्नुपर्नेमा जोड दिँदै सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । यस पटक निगमले आर्थिक मितव्ययिता अपनाई ६६ ओैं वार्षिक उत्सव कार्यक्रम मनाएको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












