ताजा समाचार

भारतले लगायो चारधाम यात्रामा रोक

काठमाडौं । भारत सरकारले चारधामको यात्रामा रोक लगाएको छ। अत्यधिक वर्षाका कारण ठाउँठाउँमा बाढीपहिरो आएपछि यातायात अवरुद्ध भएकाले भारत सरकारले चारधामको यात्रामा रोक लगाएको हो।

भारतीय मौसम विभागका अनुसार आइतवार र सोमवार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले श्रद्धालुहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ।

विभागकाले ऋषिकेशभन्दा अगाडीको यात्रा नगर्न भन्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ।

विशेषगरी उत्तराखण्डको विभिन्न भू–भागमा पहिरो गएको छ भने बद्रीनाथ जाने राजमार्गमा पनि पहिरो जात्रा बाटो बन्द भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org