विभिन्न ठाउँमा ठूलो वर्षा, खोलानदीमा बाढीको जोखिम कायमै
काठमाण्डौ । देशका विभिन्न ठाउँमा गएराति अति ठूलो पानी परेको छ । बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे, गोरखाको बारपाक, लमजुङ्गको घरेढुंगा, कुदिबजार लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी तथा यी नदीका सहायक नदीमा बाढीको उच्च जोखिम छ । यस्तै लमजुङको खुदीखोला लगायत आसपासमा, गोरखाको दरौदी खोलालगायत आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै काठमाण्डौको धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह पनि बढेको छ ।
मकवानपुरको लाल बकैया खोल र आसपासमा पनि बिहानसम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज बिहानदेखि काठमाण्डौ उपत्यका र काठमाण्डौभन्दा पूर्वतर्फ धेरैजसो ठाउँमा पानी पर्नेक्रम केही कम भएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेर लुम्बिनी प्रदेशको एक दुई ठाउँ तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखी मध्ययम वर्षाको सम्भावना छ । यस्तै भरे राती कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुइ ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












