मन्दिरबाट फर्कँदा चट्याङ लागेर मृत्यु
काठमाडौं । मुगुको छायानाथ नगरपालिका– १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङले लागेर एकजना दर्शनार्थीको मृत्यु भएको छ । चट्याङबाट दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा पातारासी गाउँपालिका– ४ का ४० वर्षीय पुरुष रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । मन्दिरबाट फर्कँदै गरेका अर्का ३१ वर्षीय पुरुष र ५० वर्षकी महिला घाइते भएका छन् ।
त्यस्तै रोल्पा नगरपालिका– ९, ह्वामे बस्ने ५५ वर्षका पुरुष र ५० वर्षकी महिला सुतिरहेको ठाउँमा राति चट्याङ पर्दा दुबै घाइते भएका छन् । चट्याङलाई मनसुनजन्य घटनाका रुपमा लिइन्छ । पछिल्लो समय चट्याङबाट मृत्यु हुनेको संख्या अत्यधीक बढ्दै गएको छ । गत जेठ २८ देखि असार २५ सम्म एक महिनाको अवधिमा देशभरिमा मानवीय क्षति हुने गरी ९४ वटा चट्याङका घटना भएका छन् ।
एक महिनाको अवधिमा चट्याङबाट १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चट्याङबाट सम्पत्तिमा क्षति हुनेसमेत प्रभावित परिवारको संख्या एक सय रहेको छ । जेठयताको तीन महिनामा मात्रै चट्याङ लागेर २४ जनाको मृत्यु भएसकेको छ भने ५५ जना घाइते भएका छन् । यसअघि ०८१ बैशाखमा एकै महिनामा चट्याङबाट ७७ जना घाइते हुनुका साथै ८ जनाको मृत्यु भएको थियो । ०८० चैतमा चट्याङबाट ४ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
फागुन महिनामा समेत चट्याङबाट क्षति पुग्ने गरेको छ । प्राधिकरणका अनुसार गत फागुनमा चट्याङ लागेर ९ जना घाइते भएका थिए । त्यसो त माघ महिनामा परेको चट्याङबाट १ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए । ०८० पुसमा चट्याङ लागेर एकजना घाइते भएको प्राधिकरणमा रेकर्ड छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












