कृषिमन्त्रीसँग एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नौड काउचोइसले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा मन्त्री अधिकारीले एडिबीको सहयोगमा सञ्चालित आयोजनाले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताएका छन् । उनले आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्या रहेकाले उक्त समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले भने, “आगामी दिनमा सञ्चालन हुने आयोजनामा क्रमशः समस्या सुधार गर्न मेरो चासो रहने छ ।” सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उनले बताए। उत्पादनदेखि बजारीकरणसम्म कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एसियाली विकास बैंकबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा रहेको उनले बताए।
“कृषि सम्बन्धी उपजहरूको मूल्य शृङ्खला विकास तथा प्रशोधनमा गरिने सहयोगले मूल्य शृङ्खलामा विकास भई कृषि उपजको मूल्य अभिवृद्विका साथै मुल्य शृङ्खलामा किसानको पहुँच वृद्धि हुनेछ”, उनले भने, “एडिबीको सहयोगमा किसानको प्रत्यक्ष हित हुने र ग्रामीण रोजगारी सृजना हुने नयाँ परियोजना सञ्चालन हुने आशा गरेको छु ।”
बैंकका देशीय निर्देशक काउचोइसले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँदै थप परियोजनाका सम्भावना खोज्न तयार रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












