कृषिमन्त्रीसँग एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नौड काउचोइसले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा मन्त्री अधिकारीले एडिबीको सहयोगमा सञ्चालित आयोजनाले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताएका छन् । उनले आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्या रहेकाले उक्त समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले भने, “आगामी दिनमा सञ्चालन हुने आयोजनामा क्रमशः समस्या सुधार गर्न मेरो चासो रहने छ ।” सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उनले बताए। उत्पादनदेखि बजारीकरणसम्म कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एसियाली विकास बैंकबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा रहेको उनले बताए।
“कृषि सम्बन्धी उपजहरूको मूल्य शृङ्खला विकास तथा प्रशोधनमा गरिने सहयोगले मूल्य शृङ्खलामा विकास भई कृषि उपजको मूल्य अभिवृद्विका साथै मुल्य शृङ्खलामा किसानको पहुँच वृद्धि हुनेछ”, उनले भने, “एडिबीको सहयोगमा किसानको प्रत्यक्ष हित हुने र ग्रामीण रोजगारी सृजना हुने नयाँ परियोजना सञ्चालन हुने आशा गरेको छु ।”
बैंकका देशीय निर्देशक काउचोइसले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँदै थप परियोजनाका सम्भावना खोज्न तयार रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












