सार्की समुदायकाे जुत्ता सिलाउने पुर्ख्याैली पेसा जोगाउन सास्ती
कञ्चनपुर : कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आउनुभएका ६६ वर्षीय डम्बर सार्कीको दुई दशक बितेको छ । सार्कीेको जुत्ता चप्पल सिउने पुर्ख्याैली पेसा भएकाले यही पेसाबाट भएको कमाइले जीविकोपार्जन हुँदै आएको छ ।
नगर प्रहरीले बस्दै आएको ठाउँबाट हटाउन थालेपछि उहाँलाई पेसा जोगाउन सास्ती हन थालेको हो । नगर प्रहरीले जुत्ता चप्पल सिउने सामग्री जफत गरेर लगेपछि उहाँ जस्तै छजना सार्की समुदायका व्यक्तिको जीविकोपार्जनमा समस्या हुन थालेको छ ।
“वर्षौँदेखि सडक छेउमा बसेर जुत्ता चप्पल सिउँदै आएका हौँ”, डम्बरले भन्नुभयो, “कहिल्यै कसैले हटनुपर्छ भनेन्, एकाएक आएको नगर प्रहरीले सिउने सामानसहित दिनभरको कमाइ रु आठ सय कमिजको खल्तीमा थियो, गर्मी भएकाले कमिज खोलेर सिउने सामानसँग राखेको थिएँ ।” सोही कमाइबाट चामल, दाल र तरकारी किन्ने योजना रहेको बताउँदै रकम लगेपछि भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँले दुःखेसो पोख्नुभयो ।
काम गर्ने सामान जफत गरेर लगेपछि रोजीरोटी खोसिएको डम्बरको भनाइ छ । डम्बर जस्तै जुत्ताचप्पल सिउने कार्यमा संलग्न कमले सार्कीको पनि सामान नगर प्रहरीले लगेको छ ।
सामानसँगै रु दुई हजार र ग्राहकले सिउन दिएका तीन जोर जुत्ताचप्पल पनि जफत गरेर लगेको कमलेले बतानुभयो । “ग्राहकले सिउन भनेर दिएका समान लगेपछि कहाँबाट उपलब्ध गराउने भन्ने पिरलो छ”, उहाँले भन्नुभयो, “दैनिक जुत्ता चप्पल सिलाइबाट भएको कमाइले परिवारको दुई छाक टर्छ, ग्राहकको सामान दिनुपर्छ, दिन नसके पैसा दिनुपर्छ, कहाँबाट ल्याउने ।”
पुर्खौँदेखि यही पेसा अगाल्दै आएको बताउँदै धनबहादुर सार्कीले अरु काम गर्ने सीप नहुँदा यसलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो । “यसरी सामान लगेर हामीलाई जीविकोपार्जनमा समस्या भयो, हाम्रो रोजीरोटी खोसियो”, उहाँले भन्नुभयो ।
सडक छेउमा बस्न नदिने भए व्यवस्थित स्थान तोकि सोही अनुसारको व्यवस्था स्थनीय सरकारले गर्नुपर्ने धर्मे सार्कीले माग गर्नुभयो । “यसरी हामीलाई कामबाट बञ्जित गर्न हुदैन । निश्चित स्थान तोकेर सहज रुपमा काम गर्न पाउने वातावरण बनाउनु स्थानीय सरकारको दायित्व हो”, उहाँले भन्नुभयो ।
झलारी बजारका बासिन्दा जयबहादुर ऐरले सडक छेउमा बोरा बिछ्याएर जुत्ता सिलाइ गर्ने बृद्ध सार्की समुदायका व्यक्तिले कमाएको रकम र जफत गरिएको सामान नगरपालिकाले फिर्ता गर्नुपर्ने माग गर्नुभयो ।
“दैनिक काम गरेर जीविकोपार्जन गर्ने समुदायको काम गर्ने सीप खोसिएको छ, नगरपालिकाले निश्चित ठाउँको व्यवस्था गरी जफत गरिएका सामान फिर्ता दिएर काम गर्ने वातावरण बनाउनु पर्छ”, उहाँले भन्नुभयो । नगरपालिकाले उहाँहरुको व्यवसायलाई आधुनिकीरण गरी बजार क्षेत्रमा स्थान छुट्ट्याएर काम गर्ने वातावरण कायम गर्नुपर्ने ऐरले उल्लेख गर्नुभयो ।
वर्षौँदेखि झलारी बजारमा जुत्ता सिउने, चम्काउने कार्यमा संलग्न सार्की समुदायका व्यक्तिको रोजीरोटीको वैकल्पिक व्यवस्था नगरी जफत गर्ने कार्य मानव हधिकार विपरित भएको दलित अधिकारकर्मी सिबी लुहारले बताउनुभयो । “समाजमा पछाडी पारिएका परिवारको चुलो बन्द गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “नगर प्रमुखलाई भेटेर यसबारे छलफल गर्छौँ, जफत गरिएका सामान र नगद रकम फिर्ता गरी उहाँहरुको दैनिकी सहज बनाउन सहजीकरण गर्नेछौँ ।”
नगर प्रवक्ता लालबहादुर ऐरले जफत गरिएका सामान फिर्ता गर्न आवश्यक छलफल गरी पहल गर्ने बताउनुभयो । “रोजीरोटी कसैको खोसिनु हुदैन, वैकल्पिक कुन ठाउँमा बस्न दिने भन्नेबारे छलफल गरी समन्वय गर्नेछौँ”, उहाँले भन्नुभयो, “सडकको क्षेत्राधिकार पनि मिच्नु हुदैन ।”
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












