विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता दिन सरकारसँग माग गरेको छ ।
कांग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले बाढी र पहिरोबाट बेपत्ता भएका नागरिकको तिब्रताका साथ खोजी गर्न, घाइतेहरुको निःशुल्क उपचार चाडो भन्दा चाडो गर्न अनुरोध गरिएको प्रवक्ता प्रकासशरण महतले जानकारी दिएका छन् । यसैगरी, बैठकले बाढी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तिब्रताका साथ अगाडि बढाउन पनि आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए ।
बैठकले बाढी पहिरोले देशभर कै विच्छेद भएको सडक सञ्जाल, पुलहरु चाडो भन्दा चाडो पुनर्निर्माण गर्नुपर्ने, तत्काल पुल बनाउन नसक्ने ठाउँमा बेलीव्रिज उपलब्ध गराई चाडपर्वमा आफ्नो घर जान सक्ने परिस्थिति बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । यसैगरी, बैठकले नेपाली कांग्रेसको तर्फबाट सरकारको विपद राहतकोषमा ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महत जानकारी दिए । यसैगरी बैठकले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेस कार्यसम्पादन बैठकले नेपाली कांग्रेसका विभिन्न संगठनमा आवद्ध नेता कार्यकर्तालाई नागरिक तहमा गएर पीडितको उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ । उपनिर्वाचनमा खडा गरिने उम्मेद्धवारलाई दलको औपचारिक पत्र प्रदान गर्न पाटी सभापति शेर बहादुर देउवालाई जिम्मेवारी प्रदान गरिने पनि बैठकले निर्णय गरको हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












