विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता दिन सरकारसँग माग गरेको छ ।
कांग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले बाढी र पहिरोबाट बेपत्ता भएका नागरिकको तिब्रताका साथ खोजी गर्न, घाइतेहरुको निःशुल्क उपचार चाडो भन्दा चाडो गर्न अनुरोध गरिएको प्रवक्ता प्रकासशरण महतले जानकारी दिएका छन् । यसैगरी, बैठकले बाढी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तिब्रताका साथ अगाडि बढाउन पनि आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए ।
बैठकले बाढी पहिरोले देशभर कै विच्छेद भएको सडक सञ्जाल, पुलहरु चाडो भन्दा चाडो पुनर्निर्माण गर्नुपर्ने, तत्काल पुल बनाउन नसक्ने ठाउँमा बेलीव्रिज उपलब्ध गराई चाडपर्वमा आफ्नो घर जान सक्ने परिस्थिति बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । यसैगरी, बैठकले नेपाली कांग्रेसको तर्फबाट सरकारको विपद राहतकोषमा ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महत जानकारी दिए । यसैगरी बैठकले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेस कार्यसम्पादन बैठकले नेपाली कांग्रेसका विभिन्न संगठनमा आवद्ध नेता कार्यकर्तालाई नागरिक तहमा गएर पीडितको उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ । उपनिर्वाचनमा खडा गरिने उम्मेद्धवारलाई दलको औपचारिक पत्र प्रदान गर्न पाटी सभापति शेर बहादुर देउवालाई जिम्मेवारी प्रदान गरिने पनि बैठकले निर्णय गरको हो ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












