ताजा समाचार

रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु, चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान

काडमाडौं । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने उक्त दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक शिशु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताएका छन् । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

प्रहरीनिरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org