कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् ।
कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका एक सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटमा समान २८, रुकुमपश्चिमका २२, हुम्लाका सात र मुगुका छवटा उद्योग खारेज भएका छन् ।
अधिकांश सामान्य बासको व्यवस्था भएका होटल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग खारेज भएका निर्देशनालयका सूचना अधिकारी थीरबहादुर श्रेष्ठले बताउनुभयो । उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज भएका उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा एक हजार सात सय ९५ वटा उद्योग नयाँ दर्ता भएको छभने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सल्ल्यानमा एक सय ३२ नयाँ र दुई सय ३६ नवीकरण, जाजरकोटमा एक सय ५३ नयाँ र ८३ नवीकरण, रुकुमपश्चिममा एक सय र ७४ वटा उद्योग नवीकरण भएका उक्त निर्देशनालयले जनाएको छ ।
मुगुमा एक सय ११ नयाँ र ५१ वटा नवीकरण, सुर्खेतमा नयाँ छ सय ७१ र नौ सय २१ वटा नवीकरण भएका छन् । जुम्लामा दुई सय चारवटा नयाँ र दुई सय ३७ वटा नवीकरण भएका छन् । दैलेखमा एक सय ५६ नयाँ र एक सय ५६ वटा उद्योग नवीकरण गरिएको छ ।
कालीकोटमा एक सय २२ नयाँ उद्योग दर्ता र एक सय ३१ वटा नवीकरण भएका छन्भने डोल्पामा ९३ नयाँ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ ५३ र ८७ उद्योग नवीकरण भएका निर्देशनालयले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनको मूल्यमा नयाँ किर्तिमान
काठमाडौं । बहुमुल्य धातु (सुन)को मूल्यले दिन दिनै नयाँ किर्तिमानी मूल्य कायम गर्न थालेको छ । पहिल्लो समयमा निरन्तर बढिरहेको...
-
राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन
काठमाडौं । झापा भद्रपुरको आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार...
-
चालीस रोपनी जग्गामा सयपत्री फूलखेती
काठमाडौं । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...
-
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
काठमाडौं । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट,...
-
भन्सार छलेर भित्र्याइएका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित...
-
सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार...
-
चिया निर्यात बढ्यो, अलैँची घट्यो
काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार...