कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् ।
कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका एक सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटमा समान २८, रुकुमपश्चिमका २२, हुम्लाका सात र मुगुका छवटा उद्योग खारेज भएका छन् ।
अधिकांश सामान्य बासको व्यवस्था भएका होटल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग खारेज भएका निर्देशनालयका सूचना अधिकारी थीरबहादुर श्रेष्ठले बताउनुभयो । उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज भएका उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा एक हजार सात सय ९५ वटा उद्योग नयाँ दर्ता भएको छभने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सल्ल्यानमा एक सय ३२ नयाँ र दुई सय ३६ नवीकरण, जाजरकोटमा एक सय ५३ नयाँ र ८३ नवीकरण, रुकुमपश्चिममा एक सय र ७४ वटा उद्योग नवीकरण भएका उक्त निर्देशनालयले जनाएको छ ।
मुगुमा एक सय ११ नयाँ र ५१ वटा नवीकरण, सुर्खेतमा नयाँ छ सय ७१ र नौ सय २१ वटा नवीकरण भएका छन् । जुम्लामा दुई सय चारवटा नयाँ र दुई सय ३७ वटा नवीकरण भएका छन् । दैलेखमा एक सय ५६ नयाँ र एक सय ५६ वटा उद्योग नवीकरण गरिएको छ ।
कालीकोटमा एक सय २२ नयाँ उद्योग दर्ता र एक सय ३१ वटा नवीकरण भएका छन्भने डोल्पामा ९३ नयाँ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ ५३ र ८७ उद्योग नवीकरण भएका निर्देशनालयले जनाएको छ ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











