धादिङमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
“छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् “
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास...
-
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा...
-
वनभोजबाट फर्कँदै गरेको गाडी दुर्घटना, २६ जना घाइते
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतको छिन्चुबाट वनभोज खान...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन...
-
विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता
काठमाडौं । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको...
-
रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
काठमाडौं । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा...
-
१० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ
काठमाडौं । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल सहित ३...