विश्वकै ठूलो पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट’मार्फत नेपालको पर्यटन प्रवर्द्धन
काठमाडौं । संयुक्त अधिराज्यमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वल्र्ड ट्राभल मार्केट’मार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालका पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो । साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम)मा यही कात्तिक २० देखि आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
बोर्डका अनुसार यस वर्षको डब्लुटीएम लन्डन कात्तिक २० देखि २२ सम्मका लागि तय गरिएको छ, जसमा एकसय ८४ देशबाट ४३ हजार सहभागी, तीन हजार आठ सय ७५ प्रदर्शक र ८२ वटा सम्मेलन सत्र आयोजना हुनेछन् । बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिइएको जनाएको छ ।
हालै लोनली प्लानेटद्वारा सन् २०२४ का लागि ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामु नेपालका सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डले उल्लेख गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशीले वर्ल्ड ट्राभल मार्केटमा सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउ पुग्ने र यसले शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ नेपाललाई रहने विश्वास व्यक्त गरे। उनले भने, “यसले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने यात्रुसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्दछ ।”
सिइयो जोशीले नेपाललाई ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा सम्मानित गरेकामा लोनली प्लानेटलाई धन्यवाद दिँदै भने, “लोनली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवालाई थप विश्वसनीयता प्रदान गर्दै प्रतिस्पर्धी गन्तव्यबाट यसलाई अलग बनाउँछ । यस मान्यताले उत्कृष्ट गन्तव्यका रूपमा हाम्रो स्थितिलाई थप मजबुत बनाउँछ र गहिरो तथा दिगो यात्रा अनुभव खोज्ने आगन्तुकलाई आकर्षित गर्ने हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल गराउँछ ।”
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












