माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकसहित आधुनिक चिकित्सा पद्धति र परम्परागत सोवारिग्पा उपचार पद्धतिका १६ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए भने बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए ।
विगत छ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरी चीनबाट समेत चिकित्सक झिकाएर बिरामीको निःशुल्क स्वाथ्य परीक्षण तथा दीर्घरोगीलाई औषधि वितरण गर्ने गरिएको र यसबाट दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउन मद्दत पुगेको अरनिको समाजका कोषाध्यक्ष डा सुशील प्रजापतिले बताए । उनका अनुसार समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












