अटो दुर्घटनामा तीन जना घाइते
काठमाडौं । बाजुराको सदरमुकाम मार्तडीमा अटो दुर्घटनामा भएको छ । साँफे मार्तडी सडकखण्डको कारागार नजिकै बीरेखोलाबाट सदरमुकाम मार्तडी तर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ६४८५ नम्बरको अटो अचानक अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवम् प्रवक्ता जनक बोहराले बताए ।
अटो दुर्घटनामा परेर चालक सहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–८ बीरेखोला बस्ने अटो चालक २३ वर्षीया गोविन्द साउँद, सोही वडाको रापक बस्ने २० वर्षीया प्रकाश रावल र सोही वडाका २१ वर्षीया दीपेन्द्र रावल रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइते तिनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । दुर्घटनामा परेको अटो सडक बाट करिब २ सय मिटर तल खसेको हो। घाइतेहरूको अवस्था उपचार पश्चात् सामान्य हुँदै गएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानुन पारित
सिड्नी । अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका...
-
गण्डकीको उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ...
-
आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार...
-
रवि लामिछानेलाई थप बयानका लागि पोखराबाट काठमाडौं ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि प्रहरीले पोखराबाट काठमाडौं ल्याइएको छ। लामिछानेलाई बुद्ध एअरको...
-
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
काठमाडौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता...
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट
काठमाडौं । विद्युत सट भई लागेका आगोबाट कालिका गाउँपालिका वडा नं १ ग्राङ इलाका क्षेत्रमा आज तीन घर जलेर नष्ट...
-
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
काठमाडौं । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै...
-
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
काठमाडौं । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको...
-
कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँको अवशेष फिर्ता
काठमाडौं । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनसवयैसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।...