चोभारस्थित कबाडी सङ्कलन केन्द्रमा आगलागी
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मंगलबार बिहान कबाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो ।
कबाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइनसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताएका छन् ।
आगलागीको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको जानकारी उनले दिए । आगलागी भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ । उनले स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।
‘‘यहाँ कवाडी, बङ्गुर पालन गरेको रहेछ । हामीले थाहा पाउने बित्तिकै आएर आगो नियन्त्रण लिँदैछौँ । नियन्त्रण पूरा भएको छैन । लगभग आधाआधा जति नियन्त्रणमा आइसकेको छ ।,’’ उनले भने, ‘‘जस्ता भएका कारणले निभाउन अलि अप्ठ्यारो छ । स्काइभेटर बोलाएर निभाउने प्रयास गर्दैछौँ । आधा नियन्त्रणमा आएको छ । तीन वटा दमकल आएको छ । तीन वटाबाट निभाउने प्रयास भइरहेको छ ।’’
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












