रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय
काठमाडौं । यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ । उक्त सामुदायिक वनक्षेत्र चार सय ९१ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरपरिवार हाल रेडपाण्डा संरक्षणमा जुटेको उक्त वन समितिका पूर्वउपाध्यक्ष वीरबहादुर रोकायाले जानकारी दिए ।
रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन स्थानीयवासी जुटेका हुन् । उक्त क्षेत्रमा डढेलो लाग्न नदिने, नियमित वृक्षरोपण गर्ने, वनफडानी रोक्ने र रेडपाण्डाको बासस्थान जोगाउने काम स्थानीयले गरेका छन् ।
रेडपाण्डाको बासस्थानका लागि निगालो, धुपी, घोडापाङ्गर, चुक, काठेओखर, खस्रु, सल्लो, झुलो, भोजपत्र र ठिङ्गोका बिरुवा रोपिएको छ । जङ्गलभित्र पोखरी निर्माण गरिएको छ । रोकायाले भने, “दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित भएका छौँ । यसको संरक्षण जरुरी छ । के गर्दा रेडपाण्डाको बासस्थान जोगाउन सकिन्छ भन्ने विषयमा खोजी गर्न थालेका छौँ ।”
सर्वसाधारणलाई सचेत गराउने, जङ्गल फडानी गर्नेलाई समुदायस्तरमा स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको स्थानीय ६५ वर्षीय मुनबहादुर बुढाले बताए ।
समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौँ र हातेमालो नेपाल जुम्ला शाखाले ती क्षेत्रमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यान्वयनमा ल्याएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिए । जिल्लाको सिञ्जा, तातोपानी, पातारासी गाउँपालिकाका पाँचवटा सामुदायिक वनमा रातो हाब्रेको बासस्थान रहेको छ ।
पातारासीको महारुद्र आधारभूत विद्यालय र सिञ्जाको चुलेलगाउँ माविमा कक्षा–६ मा वातावरण संरक्षणसम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन–अध्यापन भइरहेको छ । पातारासीको महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा दुईवटा क्यामेरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीनपटक क्यामेरा हेर्ने गरिएको छ । चारवटा सामुदायिक वनमा १७ हजार बढी वृक्षरोपण गरिएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












