भरतपुरका पाँच वटा वडा बालमैत्री
काठमाडौं । भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले आज वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरेसँगै यो सङ्ख्या पाँच पुगेको हो ।
भरतपुर महानगरपालिकाका वडा नम्बर १४, २१, २३ र १३ लाई यस अघिनै बालमैत्री वडा घोषणा गरिएको थियो । विसं २०७६ असार २५ गते भरतपुर महानगरपालिका वडा नम्बर १४ लाई पहिलोपटक बालमैत्री वडा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०८३/८४ सम्ममा महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।
नगरप्रमुख दाहालले महानगरपालिकामा बालमैत्री शासन लागू गर्न र बालश्रम मुक्त वनाउने योजनाका साथ काम भइरहेको बताए । सामुहिक एकता र बलले मात्र कामहरु सफल हुने उल्लेख गर्दै उनले घोषणा भईसकपछि यसको कार्यान्वयनमा वडा र टोलबासीको सहयोग अपरिहार्य रहेको बताए । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले सक्दो प्रयास गरेको उनको भनाइ थियो ।
बालमैत्री वडा घोषणापछि देखिने चुनौति समाधान गर्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताए । बाल अधिकार संरक्षणका लागि स्थानीय बाल अधिकार समिति सधै तयार रहेको उनको भनाइ थियो ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेलले बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासनअन्तर्गत ५१ वटा सूचकाङ्क पूरा गर्नुपर्ने जानकारी दिए । स्थानीय बाल अधिकार समितिले यस वर्ष थप दुईवटा वडालई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको पनि उनको भनाइ थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र शाखी, वडा नम्बर ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, वडा नम्बर ६ का पूर्वअध्यक्ष हरिविलाश कोइराला, नेपाली कांग्रेसका वडा सभापति प्रकाश अधिकारी लगायतले धारणा राखेका हुन्।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












