ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
काठमडौं । सर्लाहीको नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।
मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
Comments
अरु समाचार
-
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु
काठमाडौं । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी...
-
एमाले केन्द्रीय कमिटीको बैठक आज देखि बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज बस्दै छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा...
-
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम...
-
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
काठमाडौं । आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको...
-
धोबीखोलामा कार खस्यो
काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज...
-
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई...
-
यस्तो छ काठमाडौंमा आज तरकारी र फलफूलको मूल्य
काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र...
-
बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब रूपियाँ खर्च हुने
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने...
-
विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको १ सय १६ वर्षको उमेरमा निधन
काठमाण्डौ । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको आशिया शहरले आज घोषणा...