सरकारले एक वर्षभित्र एक लाख भूमिहीनलाई लालपूर्जा दिने
काठमाडौं । सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने जनाएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढाइने बताए ।
आयोगले निवेदनका आधारमा फरक फरक कार्यविधि बनाएर सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने गरी सरकारले काम थालेको मन्त्री अधिकारीले बैठकलाई जानकारी गराए ।
एक हजार भन्दा कम निवेदन परेका जिल्लामा एक वर्ष कार्यावधि, पाँच हजारसम्म निवेदन परेका जिल्लाको २ वर्ष र पाँच हजारभन्दा बढी उजुरी परेका जिल्लाका आयोगका पदाधिकारीको समयावधि ३ वर्ष रहने गरी आयोग गठन गर्न लागिएको मन्त्री अधिकारीले स्पष्ट पारे ।
मन्त्री अधिकारीले विगतका भूमिसम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिँदै तराईका भूमिहीनलाई अधिकतम् पाँच कठ्ठा र पहाडका भूमिहीनलाई साँढे तीन रोपनी जग्गा प्रदान गरिने जानकारी गराए ।
बैठकमा भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य डाक्टर जगत बस्नेतले आयोगमा १० लाखभन्दा बढीको निवेदन परेको र त्यसको थप अध्ययन गरेर भूमिहीनलाई निश्चित मापदण्डका आधारमा जग्गा वितरण गरिने बताए ।
बैठकमा सांसदहरु वीर बहादुर बलायर, भानुभक्त जोशी, विनिता कठायत सूर्यकुमारी श्रेष्ठ, र सरस्वती सव्वालगायतले सरकारले सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्न माग गरे ।
तराई–मधेस, पहाड र हिमालमा रहेका वास्तविक सुकुम्बासी पहिचान गरी पुर्जा वितरण गरिनुपर्नेमा जोड दिए । तराईमा मात्रै नभएर पहाडका ९० प्रतिशत दलितहरू भूमिहीन रहेकाले दलित भित्र पनि सीमान्त र विपन्न दलितलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरे ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












