पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन् ।
नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइने ।
उनका पिता पद्मसुन्दर मल्ल निर्वासनमा भएका बेला उनको जन्म भारतको खर्साङमा भएको थियो । त्यहीँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी उनले अमेरिकाको कोलिम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट स्नातक गरेकी थिइन्।
अमेरिकाको कुनै कलेजबाट स्नातक गर्ने उनी नै नेपालकी पहिलो महिला हुन्। उनले अमेरिकाकै जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् ।
अमेरिकाको अध्ययन सकेको केही समयपछि उनले सन् १९५९ मा लोकसेवा पास गरी परराष्ट्र सेवामा जागिरे जीवन सुरु गरेकी थिइन् । सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा उनले काम गरेकी थिइन् ।
सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएर नेपालले दूतावास खोलेपछि उनी त्यहाँको डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेकी थिइन् ।
उनका पति डा. नारायणकेशरी शाहको यसअघि नै निधन भइसकेको छ । जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुन् । कान्छा छोरा उज्ज्वलकेशरी शाहको पनि निधन भइसकेको छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












