स्थानीय तहको निर्वाचनमा संघीय चुनावजस्तो ‘हुरी बतास’ सम्भव छैन: प्रचण्ड
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो ‘हुरी बतास’ आउने सम्भावना नरहेको बताएका छन् ।
मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, राजनीतिक पृष्ठभूमि र कार्यसम्पादनका आधारमा मतदाताले निर्णय गर्ने बताए ।
उनले संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था स्थानीय तहमा नरहेको उल्लेख गर्दै मतदाताले उम्मेदवारको व्यक्तिगत पृष्ठभूमि, सामाजिक सम्बन्ध र विगतका कामबारे राम्रोसँग जानकारी राख्ने बताए ।
नयाँ राजनीतिक दलहरूले गरेका कामबारे आम नागरिकले विस्तारै बुझ्दै गएको उल्लेख गर्दै उनले गाउँघरमा पार्टीका विचार र गतिविधिबारे अझै प्रभावकारी रूपमा जानकारी पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन । इतिहास र पृष्ठभूमि थाहा नभई भोट हाल्दैनन्,’ उनले भने ।
संयोजक दाहालले पार्टीका नेता तथा कार्यकर्ताले चुनाव हार्ने मानसिकता त्यागेर स्थानीय तहको निर्वाचन जित्ने लक्ष्यसहित सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए । कार्यकर्ताको सक्रियता जति बढ्दै जान्छ, निर्वाचनमा पार्टीले त्यति नै बढी सिट जित्ने उनको दाबी थियो ।
स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने जिकिर गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई उत्साहका साथ संगठन निर्माणमा जुट्न आग्रह गरे ।
स्थानीय तहमा पार्टीको पक्षमा अनुकूल परिणाम ल्याउन जनतामाझ पुग्ने, पार्टीका काम र एजेन्डाबारे बुझाउने तथा संगठनलाई थप मजबुत बनाउने काममा सबैले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
राजनीतिक प्रतिशोधका लागि राज्यका संयन्त्र दुरुपयोग नगर्न गगन थापाको चेतावनी
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिशोध साँध्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएका...
-
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, स्वास्थ्यदेखि अन्तरिक्ष प्रविधि र सहरी विकाससम्म साझेदारी
काठमाडौं। नेपाल र भारतबीच स्वास्थ्य, औषधि, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, कृषि तथा दिगो सहरी विकासलगायत आठवटा...
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
प्रधानमन्त्री वालेन्द्र भारत प्रस्थान, राजनीतिक परीक्षा शुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...













