बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
काठमाडौं । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।
बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
Comments
अरु समाचार
-
क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका...
-
भूकम्प अपडेटः सिन्धुपाल्चोको प्रहरी चौकीमा क्षति, बाँकी विवरण संकलन हुँदै
काठमाडौं । आज बिहान चिनको दिङ्गे क्षेत्र केन्द्रविन्दु भएर गएको ७ रेक्टर स्केलको भूकम्पको विवरण संकलन हुने क्रम जारी रहेको...
-
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर वितरण
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत...
-
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार...
-
नेपाल–चीन सीमाना ७ म्याग्निच्युडको भूकम्प
काडमाडौं । आज बिहान नेपालका लगभग सबै ठाँउमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको...
-
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पविद् लोकविजय अधिकारीका...
-
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन टेलिकमको नाममा सर्वोच्चको आदेश
काठमाडौँ: सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ । न्यायाधीश डा नहकुल सुवेदी र...
-
सात जिल्लाका सीडीओसहित १२ अधिकारीको सरुवा
काठमाडौं । सरकारले सात जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १२ अधिकारीहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौं, कैलाली, सुनसरीलगायत जिल्लाका...