कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
काठमाडौं । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।
कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोइकाले उक्त परियोजनाअन्तर्गत ९० लाख अमेरिकी डलर सहयोग गर्ने छ ।
उक्त परियोजना सन् २०३० सम्म अर्थात् पाँच वर्ष चल्ने छ । सम्झौतामा हस्ताक्षरपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाका लागि कोइकाले आर्थिक सहयोग गरेकामा खुसी व्यक्त गर्दै समयभित्र नै परियोजनाका काम सकिनेमा विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै उनले आयोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । परियोजनाका लागि सरकारकोतर्फबाट पूर्ण रुपमा सहयोग रहने उनको प्रतिबद्धता छ ।
सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको बताउँदै यस परियोजनाले निर्माण उद्योगको आवश्यकता पूरा गर्न र उनीहरूको रोजगारी बढाउन दक्ष जनशक्तिको विकास गरी नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए ।
कोइकाले प्राविधिक संस्थान भवन निर्माण, अल्पकालीन तालिम, संस्थानको सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजनाको विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्ने छ ।
कोइकाका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्दै आफूले नेपालको गण्डकी प्रदेशमा काम गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।
Comments
अरु समाचार
-
क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका...
-
दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन्...
-
‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द...
-
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
काठमाडौं । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।...
-
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु
काठमाडौं । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी...
-
चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु
काठमाडौं । उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय...
-
सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने
काठमाडौं । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको...
-
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकि...
-
आज राति २०२५ को पहिलो उल्का वर्षा हुने
काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार...