गार्मेन्टबाट ८ बालबालिकाको उद्धार
काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित जामुन डाँडामा रहेको शुष्मा गलैँचा उद्योगबाट ८ बालबालिकाको उद्धार गरिएको छ ।
बाल हेल्प लाइन नेपाल मकवानपुरको सूचनाका आधारमा उनीहरुलाई उद्धार गरिएको हो । उक्त उद्योगमा राक्सिराङ गाउँपालिका–१, भुमीथली घर भएका सोमबहादुर बुलुनका १४ वर्षीय छोरा बालश्रममा संलग्न रहेको भन्ने सूचना जीतपुरसिमरा उपमहानगरपालिकामा आएको थियो । सूचनापछि उपमहानगरपालिकाको नगर प्रहरी बल, श्रम तथा रोजगार कार्यालय वीरगन्जका प्रमुख, सिविन बाल हेल्प लाइन नेपाल मकवानपुरका प्रबन्धक र अन्य सरोकारवाला निकायहरूको टोलीले संयुक्त अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उद्योग सञ्चालक स्थानीय मान बहादुर लोप्चनद्वारा सञ्चालन गरिएको उद्योगमा करिब ३५ जना कामदार कार्यरत रहेका थिए । तीमध्ये ८ जना बालबालिका रहेका छन् । उद्धार गरिएकामध्ये ३ जना बालिका र ५ जना बालक रहेका छन् । उद्धार गरिएका बालबालिकाहरू १३ देखि १७ वर्ष सम्मका रहेका छन् ।
उपमहानगरपालिकाले सिविन नेपालसँग सहकार्य गरी उद्धार गरिएका बालबालिकाको कानुनी प्रक्रियाका लागि श्रम तथा रोजगार कार्यालय वीरगन्जलाई जिम्मा लगाएको छ ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











