ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
काठमाडौं । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।
पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।
घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र...
-
बाक्लो हुस्सु र शीतलहरले दुई दिनदेखि हवाई उडान प्रभावित
काठमाडौं । बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट...
-
बाक्लो हुस्सुका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
काठमाडौं । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको...
-
राजदूत तुम्बाहाम्फेद्वारा कोरियाली राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
काठमाडौं । गणतन्त्र कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले त्यहाँ कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी...
-
केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने
काठमाडौं । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल...
-
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
काठमाडौं । हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु...
-
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो लागेको छ । २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा...
-
चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते
काठमाडौं । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको...
-
काठमाडौंका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदी बन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना...