फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति सवा १२ बजे काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरेका हुन् ।
शेर्पाका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
Comments
अरु समाचार
-
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब...
-
भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु
काठमाडौं । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु...
-
कर्णालीको अदुवा र बेसार युरोप निर्यात
काठमाडौं । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित...
-
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई...
-
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
काठमाडौँ । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय...
-
अमेरिकामा अनियन्त्रीत आगालागी, अहिलेसम्म १६ को मृत्यु
काठमाडौं । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस...