संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
काठमाडौं । संखुवासभा जिल्लाबाट चालु आर्थिक वर्षमा रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संखुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिएका छन् ।
जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । विविध कारणले उत्पादन घटेपनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो । भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ । एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो ।
अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख १५ हजारमा बिक्री भइरहेको छ । जिल्लामा एक हजार सात सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।
अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । अलैँची उत्पादन हुने क्षेत्र संखुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ ।
यो परियोजना संखुवासभाका १० स्थानीय तह र भोजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले छ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












