भोजपुरमा दुई चरणमा एचपिभी खोप अभियान सञ्चालन गरिने
काठमाडौं । पहाडी जिल्ला भोजपुरमा पाठेघरको क्यान्सर विरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । नौ वटा स्थानीय तह रहेको भोजपुरमा पहिलो चरणमा पाँच र दोस्रो चरणमा चार वटा पालिकामा खोप अभियान सञ्चालनको तयारी गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व क्यान्सर दिवसको अवसर पारेर माघ २२ गते देखि २४ गतेसम्म पहिलो चरणमा भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ । यस्तै माघ २७ गते देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन हुने श्रेष्ठले बताउनुभयो ।
कक्षा छ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका गरी भोजपुरमा आठ हजार चार सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने छ ।
खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्ताहरूलाई पालिका स्तरीय तालिम पनि सञ्चालन भई रहेको छ । अभियान अन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सर विरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय भोजपुरले तथ्याङ्क बनाएको छ ।
एचपिभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउने स्वास्थ्यकर्मीको भनाई रहेको छ । खोप कार्यक्रममा विषयमा स्वास्थ्य कार्यालय भोजपुरले मङ्गलवार सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गरेको छ ।
सोक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले खोपलाई प्रभावकारी बनाउन सबै पक्षले सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले खोप कार्यक्रम सफल बनाउन स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । प्रजिअ थापाले नागरिकलाई स्वस्थ्य बनाउने जिम्मेवारी सबैको भएकोले सक्रिय भएर प्रचार प्रसारमा जुट्न पनि आग्रह गर्नुभयो ।
सन २०३० सम्ममा रोग निवारण गर्ने लक्षका साथ सरकारले यो अभियान सुरु गरेको हो । आर्थिक बर्ष २०७२÷०७३ साल तिर नै खोप अभियान सुरु भए पनि नियमित हुन सकेको थिएन । विश्वमा हरेको बर्ष पाँच लाख ७० हजार र नेपालमा दुई हजार एक सय ६९ जना पाठेघरको क्यान्सरका बिरामी देखिएको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । जसमा दैनिक चार जनाको ज्यान समेत जाने गरेको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











