६ क्विन्टल गाँजा सहित एक जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले गएराती ६ क्विन्टल लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको बर्दिबासबाट जलेश्वर तर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शङ्का लागि चेकजाँच गर्दा उक्त ट्रकको हुडमा डोरीले बाँधी कालो प्लास्टिकले छोपी लुकाई छिपाई गरी राखिएको रातो रङ्गको प्लाष्टिकको पोका ४० (चालीस) मा लागू औषध गाँर्जा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानले जानकारी दिए ।
गएराती जिल्ला महोत्तरी भंगाहा नगरपालिका ६ मजुरा स्थित बर्दिबास जलेश्वर सडक खण्डमा अस्थाई प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिबासबाट ट्रकलाई चेकजाँच गर्दा ६ सय चार किलोग्राम लागू औषध गाँजा बरामद भएको प्र नि चौहानले जानकारी दिए ।
प्रहरीले ट्रक र चालक जिल्ला उदयपुर कटारी नगरपालिका १ बस्ने २३ बर्षीय गणेश बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । महोत्तरीको बर्दिबास औहरी जलेश्वर सडक खण्ड हुँदै पछिल्लो समय लागुऔषध गाँजा तस्करी हुने गरेको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












