काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने
काठमाडौं । आगामी १७ फागुन (१ मार्च) का दिन काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ ।
धनयोगा फाउन्डेसनको आयोजनामा हुने एक दिने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका, डाइबेटिज एण्ड ईण्डोक्राइनोलोजी एशोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सको सहकार्य हुने बताइएको छ ।
दक्षिण एसियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको सम्मेलनका साइन्टिफिक कमीटी चेयर डा प्रज्वल प्याकुरेलले बताए ।
सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने उनले जानकारी दिए । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।
सम्मेलनमा अमेरिका र भारतका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकहरुले सम्मेलनमा ‘की नोट स्पिकर’ का रुपमा नेपाल आउने तय भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा संयोजक कमल विश्वकार्माका अनुसार भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा. मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बीपी कोइराला स्वास्थ्य विज्ञान , प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी लगायतको सहभागिता हुने जानकारी दिए ।
सम्मेलन काठमाडौंको रोयल टुलिप द मेसीफ होटलमा हुने जानकारी गराइयो । धन योगा फाउन्डेसन अमेरिकाकोमा दर्ता भएको गैरनाफामुलक संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेह अनुसन्धानमा काम गरिरहेको संस्थाले सबै प्रदेशमा मधुमेह अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको धन योगा फाउण्डेसन नेपालकी प्रेसिडेन्ट स्मृति शर्मा तिवारीले जानकारी दिइन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












