ताजा समाचार

रोल्पामा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या

काठमाडौं । रोल्पाको त्रिवेणि गाउँपालिका वडा न–६थुम्का बस्ने ४० वर्षीय खिम बहादुर बुढामगरले आफ्नै श्रीमतीलाई आज बिहान धारिलो हतियार खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहान बुढामगरले धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी आफ्नै श्रीमतीलाई शक्त घाइते बनाएको भनि टेलिफोन मार्फत प्रहरी चौकी जुगारमा स्थानीयले जानकारी गराएका थिए ।

जानकारी पाए लगत्तै चौकीबाट प्रनानि दिवश हिताङको कमाण्डमा ४ जना र इप्रका होलेरी बाट प्रनि सरोज प्रजापतिको कमाण्डमा ६ जनाको टोली खटिई घटनास्थलमा पुगी बुझ्दा ३२ वर्षीय अस्मिता बुढामगरको खुकुरी प्रहार बाट घटनास्थलमै मृत्यु हुन गएको प्रहरीले बताएको छ ।

मृतक अस्मिताको श्रीमान् खिम बहादुर बुढामगर र खुकुरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने हत्या गर्नुको कारण सम्बन्धमा प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org