सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१४ स्याउले र चुरे गाउँपालिका–५ निङ्लाडीमा भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार स्याउलेमा से २ प ३५९० र र सुपप्र ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा कैलारी गाउँपालिका–६ बस्ने ४० वर्षीय रुपलाल चौधरीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
सो दुर्घटनामा परी घाइते भएका सुपप्र ०१–००१ प १४१९ नम्बरको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–७ पटेलाका ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकलमा सवार उनकी श्रीमती ३० वर्षीया हसिनाको नोभा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको स्थानमा से २ प ७७४९ नम्बरको मोटरसाइकलसमेत पल्टिएको अवस्थामा फेला परेकाले मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ जालीका ४० वर्षीय तेजराज भण्डारीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी, डोटीको दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई चुरे गाउँपालिका–५ निङ्लाडीमा भीमदत्त राजमार्गबाट अन्दाजी १५ मिटर तल खस्दा जिप चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी दिपायल सिलगढी नगरपालिका–१ का २१ वर्षीय हिमाल खड्का, सोही ठाउँका २१ वर्षीय सुरेश खड्का र सायल–६ का १६ वर्षीया कविता साउद घाइते भएका छन् । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












