बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग
काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसदहरुले सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधार गृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ ? भनेर प्रश्न गरिन् ।
महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सम्बन्धित पदाधिकारीलाई बोलाएर निर्देशन दिएको छ । तर सरकारले कुनै पनि प्रकारको ध्यान दिएको छैन । देशका विभिन्न ठाउँका बाल सुधार गृहको अवलोकन गर्दा त्यहाँ न्यूनतम मापदण्ड पालना नभएको, लागुपदार्थ सेवन हुने गरेको र खाना पनि राम्रो नहुने गरेको भन्दै उक्त समस्या समाधान हुनुपर्ने बताइन् ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जेलका कैदीबन्दी बिरामी भए हुनुको कारणबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘२९ हजार ५०० कैदीबन्दीमध्ये १८ हजार ५०० बिरामी भएको सूचना सार्वजनिक भएको छ । के भएको हो, किन यस्तो भएको हो सदनमा सम्बन्धित निकायले प्रष्ट पार्न माग गर्दछु ,’ उनले भने ।
सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखिएकाले झगडा र तनाव हुने गरेको बताइन् । त्यसैले उनीहरूलाई छुट्टाछुट्टै राख्ने व्यवस्थाका लागि उनले माग गरिन् । अर्की सांसद शान्ति श्रेष्ठले पनि बाल सुधार गृहलाई व्यवस्थित र शान्ति सुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
शुक्रबार होलीको विषयमा दुईपक्षबीच भएको झडपले बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा शनिबार दिनभर तनाव भएको थियो । त्यहाँको गेट तोडेर निस्किएका बालबन्दीहरुले प्रहरीमाथि कुटपिट, पसलमा लुटपाट र स्थानीयको परालको टौवामा आगजनी गरेका थिए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












